उम्लेको भ्यागुतो र विचलित अवस्था

डिसी नेपाल
१६ वैशाख २०७७ ८:४५

२०७० सालमा संविधानसभाको बैठकमा एक वर्षभित्र संविधान जारी गर्ने प्रतिबद्धता व्यक्त भएको थियो। तर, राजनीतिक दलहरुबीच सहमति हुन नसकेको अवस्थामा २०७२ सालको विनाशकारी भूकम्प आयो। भूकम्पको झड्कासँगै राजनीतिक दलहरु एक ठाउँमा आए अरु तत्वहरुले खेल्ने मौका ठाउँ नपाउँदै नेपालको संविधान लेखन प्रक्रियाले पूर्णता पाएको हाम्रो मानसपटलमा ताजै छ।

कोरोनाको यस महामारीमा पनि सत्तापक्ष, प्रतिपक्ष र संसदमा प्रतिनिधित्व गर्ने सवै राजनीतिक दलले सयुक्त रूपमा जुध्ने एकताको अठोटसहित राष्ट्रिय संकल्पको प्रस्ताव ल्याई जिम्मेवारीबोध गर्नु पर्ने हो। तर, यतिबेला भने ठीक उल्टो देखिएको छ। सत्ता पक्षबीचमै आन्तरिक असन्तुष्टि र प्रतिपक्षको द्वन्द्व सतहमा देखिएको छ। विपत्तिको बेला सकारात्मक राजनीतिक परिणाम देखिने गरी दलहरु बीचको राष्ट्रिय एकता बनाउन कुनै शक्तिले नछेक्ने हामीसँग ०७२ को नजिर छ ।

तर, त्यो नजिर यतिबेला सबैले बेवास्ता गरेका छन्। बरु एकताका प्रयासहरु खण्डित गरिएका छन्। स्वार्थन्धताले सबैका नजर टालिएका झैं भएका हुन् कि? छुट्टै र सर्वदलीय संयन्त्र बनाउदा बहुमतको महत्व र दम्भ नदेखिने र सत्ता साझेदारी भै हाल्छ कि भन्ने डर पनि होला। संक्रमणकालीन संकटलाई निकास दिन व्यावस्थापिका संसदमा रहेका विषयगत समितिहरूलाई नै पूर्ण जिम्मेवार बनाउँदा पनि के खेर जाने हो ?

प्रधानमन्त्री सबै समितिको र समितिको कार्यक्षेत्रसित सम्बन्धित मन्त्री सो समितिको पदेन सदस्य हुने प्रावधान संबिधानले सुरक्षित गरेकै छ। खाली खाँचो छ त सकारात्मक राजनैतिक प्रतिबद्धता र उचित समयको। किनकि शक्ति असिमित हुंदैन लोकतन्त्रमा, त्यसमा सीमा हुन्छन् र जतिसुकै शक्तिशाली भए पनि त्यसभित्रको शक्तिको उचित समय र सीमा हुन्जेलमात्र त्यसले काम गर्न सक्छ। अन्यथा ‘तातो पानी र भ्यागुता’ को कथाजस्तो हुन पुग्छ।

उचित समय कहिले मान्ने बारेमा पश्चिमी मुलुकहरूमा चर्चित कथा “Boiling Water and Frog” ले स्पष्ट हुन सक्छांै। नेपाली राजनैतिक चरित्र र आम जनजीवनका बारेमा भ्यागुताको दृष्टान्त धेरै तरिकाले गरिन्छ । भ्यागुताको धार्नी र खुट्टा तान्ने प्रवृति चल्तीका मौलिक उदाहरण हुन। यो कथाले समय सन्दर्भमा जोड दिँदै परिस्थितिअनुरूप उचित काम कार्यवाही नगर्दा भोग्न पर्ने पिडाको सन्देश दिएको छ । कथा यस्तो छ—

नेतामा आफू तल परे स्याल र माथि पर्ना साथ बाघझैँ गर्ने स्वभाव हाबी छ। कुर्सीको लडाइँ र प्रतिपक्षको सत्ताप्रतिको गिद्दे नजरले राष्ट्र र जनताले फेरि अर्को राजनैतिक विपत्ति भोग्न वाध्य हुनु पर्ने त होइन ? सत्ता उन्माद र राजनीतिक दाउपेचमा चल्ने फन्डाले अनेकौ घटनाले प्रश्रय पाएको छ । लोकतन्त्रका आधारभूत मान्यताहरूको जसले सक्यो त्यसले चिरहरण गर्न तयार छ ।

एउटा पानीले भरिएको भाडामा भ्यागुतो राखी पानी तताउन सुरू गरौं। क्रमशः पानीको तापमान बढ़ाउदै जादा भ्यागुतोले पनि आफ्नो शरीरको तापमान पनि त्यही हिसाबले समायोजित गर्दै लैजान्छ । जव पानी उम्लिने बिन्दु नजिक पुग्दछ तब भ्यागुतोले सहन गर्न वा तापमान समायोजित गर्न नसकी बाहिर उफ्रन कोशिश गर्छ तर असमर्थ हुन्छ किनकि तापमानको तालमेल मिलाउदा नै सबै शक्ति क्षिण भैसकेको हुन्छ र अन्तत्वगत्वा त्यँही मृत्यु हुन्छ । सामान्यत हामी भ्यागुताको मृत्यु कारण तातो पानी ठानिन्छ तर उसको मृत्यु निर्णय क्षमताको अभाव नै हो।

राज्य यतिखेर कोरोना महामारीको चपेटामा छ। अर्कोतर्फ सत्तापक्ष कुर्सीको लडाइँमा छरपस्ट भएका छन। प्रतिपक्षको च्याखे थाप्ने प्रवृति सँगै मौकाको फाइदा लिन उद्धत देखिन्न्छ। समयको तालमेल र निर्णय क्षमताको अभाबमा राष्ट्र र जनताले अस्वाभाविक पिडा भोग्न वाध्य हुनु पर्ने त होइन । जनतामा चिन्ताको बिषय बन्नु स्वभाविक देखिन्छ।

नेतामा आफू तल परे स्याल र माथि पर्ना साथ बाघझैँ गर्ने स्वभाव हाबी छ। कुर्सीको लडाइँ र प्रतिपक्षको सत्ताप्रतिको गिद्दे नजरले राष्ट्र र जनताले फेरि अर्को राजनैतिक विपत्ति भोग्न वाध्य हुनु पर्ने त होइन ? सत्ता उन्माद र राजनीतिक दाउपेचमा चल्ने फन्डाले अनेकौ घटनाले प्रश्रय पाएको छ । लोकतन्त्रका आधारभूत मान्यताहरूको जसले सक्यो त्यसले चिरहरण गर्न तयार छ ।

न्यायको कठघरामा बहसको विषय प्राकृतिक कानून र न्यायका सिद्धान्तहरू बजारमा भुसतिघ्रेको मुढेबलमा चलेको छ। नेतृत्वमा नैतिकता स्खलित छ । राष्ट्रीय मुद्दा र जनताका लागि सकारात्मक पक्ष बोकेका विषयमा सत्तापक्ष र प्रतिपक्ष एक अर्काको अस्थित्व स्वीकार गर्दैनन्।

बौद्ध ग्रन्थ त्रिपिटकको सुत्तपिटक मा अरूको अस्तित्व स्वीकार गर्न नसक्ने उपर महात्मा बुद्धको संदेश सहितको ‘लाटोकोसेरो र काग’ को कथा सत्तापक्ष र प्रतिपक्षको जस्तै वंश परम्परागत दुश्मनीसँग मेल खान्छ। सत्तामा हुनेले रौद्र र कटुभाषी व्याबहार गर्ने र प्रतिपक्ष भएपछि हरेक कुरामा बखेड़ा निकाल्ने चरित्रको चर्चा हाम्रो परिपेक्षमा ठ्याक्कै मिल्छ । विपत्तिको बेला सबै दलको सहमतिमा काम हुन्छ भने त्यसलाई अन्यथा मानिरहनु पनि पर्दैन।

लोककल्याणकारी राज्यमा संसदीय सर्वोच्चताको आभाष प्रतिपक्षको भूमिकाले गराउदछ । प्रतिपक्षले ससंदमा मुद्दा उठाउदा जनतासँग प्रत्यक्ष जोडिएका बिषय सुशासन, भ्रष्टचार, महंगी, बेरोजगारी, राहतजस्ता विषयमा प्राथमिकता दिनेमा ध्यान छैन । संविधान कार्यन्वयनका लागि बन्नुपर्ने कानून नबनेकाले समाजमा परेको असर देख्दैन । दलीय भागबण्डाका हिसाव किताब, राजनीतिमा अपराधिकरण र अपराधमा राजनीतिकरणलाई प्रतिष्ठा बनाएर सदन र सडकको धावा बोल्छ ।

संसदमा प्रतिपक्षको भूमिका कोमामा रहेको विरामी जस्तै छ । केबल अस्तित्व छ, जीवन र प्राण धानिएको छ तर सार केही छैन वा निर्जीव तुल्य बिचराको पात्र मात्र।
यस्तै अर्को पाटो हो नागरिक समाज । भ्रष्टाचार, सुशासन, शान्ति र अमनचयन कायम राख्ने आन्तरिक बिषयमा सचेत रहनु तथा सीमा विवादमा कुटनीतिक पहलकदमी गर्नु नागरिक समाजका मुख्य बिषय हुन। राष्ट्रलाई सही बाटो हिँड्न प्रेरणा दिने, जनताको प्रतिनिधित्व गर्दै जनताका समस्याहरू समाधान गर्ने, विकृति र विसङ्गति विरूद्ध आवाज उठाउने हुदा समाज रूपान्तरणको आधारशीलाको रूपमा नागरिक समाजलाई हेरिन्छ।

पूर्वीय चिन्तनका अनुयायी हामीले हाम्रा अग्रज नेतालाई मनु र कौटिल्यले स्विकार गरेको श्रीमद्भागवत् गीताका श्रीकृष्ण जस्तै ‘नरेणां च नराधिपम’ अर्थात नर मध्येका राजा ठान्यौं। उनका वरिपरि वस्नेलाई दश दिक्पाल बनाउने काम हामीहरुले नै गरिरह्यौं । मनु र कौटिल्यले भनेजस्तै राजधर्म र प्रजापालनका लागि जनताका हित र रक्षामा होमिन वा समर्पित हुन पर्ने हो तर हाम्रा दिक्पालले अरू नै सुझाए।

पश्चिमी राजनीतिक चिन्तक अरस्तू र प्लेटोले जस्तै नेतालाई आदर्श व्याक्ति हुन र मान्नु नपर्ने हामीले हाम्रैबाट सिक्यौं। पश्चिमी चिन्तन सामूहिक हितको धारणामा आधारित भएर विकास भयो। पूर्वीय चिन्तन हाम्रो मौलिकता सुहाउँदो थियो, छ र होला।

दोष को र कसलाई दिने, परम्परा र पद्धतिलाई परिवर्तन गर्न असमर्थ हामी स्वयं दोषी र परिणामका भागीदार हुनु पर्दछ। राजनीतिक संयन्त्र तथा पार्टीका नेताहरु खराब हुनुमा दोष हामीहरूको नै छ। सामाजिकरूपमा अपाच्य हुने गल्ती न त औल्याउन नै सक्यौ न खराब पार्टी वा नेतालाई सामाजिक बहिष्कार गर्ने कदमको सुरूवात नै भयो।

राज्य र जनताको विषयभन्दा पार्टी र ब्याक्तिगत स्वार्थ प्राथमिकतामा अगाडि रह्यो। विश्वभर महामारीको संन्त्रास र सोको चपेटामा देश पिल्सिरहेकोमा नागरिक समाज आखा खुला छ भनेर गर्व गर्छ। राजनीतिक दाउपेचमा चलेको फन्डा, महामारीसँग लड्न नभई नहुने अत्यावश्यक सामग्रीको खरिदमा अनियमितताको गन्ध, सिमानामा पारी तथा शहरमा बस्न खान नपाएर दुधे बच्चा बोकेर भोको पेट र नाङ्गो खुट्टा गन्तव्यमा पुग्न चाहनेको पीडालाई फरक फरक रंगका चस्माले हेरिन्छ।

वस्तुस्थिति हैन सोचाइको धार फरक छ । हेर्ने दृष्टिकोण फरक नभए टिक्न सकिन्न भन्ने भयमा दोषी चस्मा हावी छ। झुण्ड वनाएर हजार जिव्रोको शेषनागको सरह वयाख्यान र वर्णन गर्न आफूलाई श्वेतपोस नागरिक समाजका हर्ताकर्ता ठान्नेहरू नै झर्ला र खाउला भनेर मुसे तातीमा वरिपरि घुम्दै भाँड कुकायोका पात्र बनाएकाले कलंकित भएको छ ।  गैरराजनीतिक, गैरमुनाफामुखी र स्वेच्छिक हुनुपर्छ नागरिक समाज ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *