किम जोंग उन मिसाइल परीक्षणमा घाइते भएको उत्तर कोरियाकै पूर्व अधिकारीको दावी
काठमाडौं। उत्तर कोरियाका शासक किम जोंग उन पछिल्लो समय सार्वजनिक रुपमा देखिएका छैनन् । उनको स्वास्थ्यको विषयमा अन्तर्राष्ट्रिय मिडियामा विभिन्न किसिमका दावीहरु गरिएका छन् । यही बीच उत्तर कोरियाका एक पूर्व अधिकारीले किम जोंगका विषयमा सनसनीपूर्ण खुलासा गरेका छन् । उनले किम जोंग उन मिसाइल परीक्षणका क्रममा घाइते भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
यी अधिकारीका अनुसार किम मिसाइल परीक्षणका क्रममा घाइते भएको हुन सक्ने सम्भावना छ । यही कारण किम सार्वजनिक कार्यक्रममा नदेखिएको हुन सक्ने ती अधिकारीले दावी गरे । किम देशले कुनै पनि हतियार परीक्षण गर्ने क्रममा त्यहाँ उपस्थित हुन्छन् । पछिल्लोसमय ११ अप्रिलमा सार्वजनिक कार्यक्रममा देखिएका किम त्यसपछि भने सार्वजनिक रुपमा देखिएका छैनन् ।
किमको स्वास्थ्यका बारेमा धेरै अनुमान गरिएको छ । रिपोर्टमा उनी ब्रेन डेड भएकोदेखि उनको मृत्यु भइसकेको समेत दावी गरिएको छ । किमको मृत्युको खबर आएसँग राजधानी प्योंगयांगका मानिसहरुले डरमा ठूलो परिमाणमा जरुरी सामानको किनमेल सुरु गरेका थिए । केही रिपोर्टमा उनको हालत गम्भीर भएको दावी गरिएको छ ।
उत्तर कोरियाका पूर्व अधिकारीले दक्षिण कोरियाली अखबार मार्फत किम मिसाइल परक्षिणका क्रममा घाइते भएको हुन सक्ने दावी गरेका हुन् । उत्तर कोरियाका पूर्व अधिकारी ली जिओंग होले एक दक्षिण कोरियाली अखबारलाई लेखेको पत्रमा भनेका छन् ‘हुन सक्छ किम १४ अप्रिलसम्म पूर्ण रुपमा स्वस्थ थिए र उनले मिसाइल परीक्षणको आदेश दिएका थिए । यही परीक्षणका उनी घाइते भए त्यसपछि अड्कलको बजार तात्यो ।’
यद्यपि उत्तरु कोरियाको छिमेकी देशले भने यी रिपोर्टको खण्डन गरेको छ । दक्षिण कोरियाले किम गम्भीर रुपमा अस्वस्थ भएको वा मृत्यु भएको भन्ने दावीको खण्डन गर्दै उनी पूर्ण रुपमा स्वस्थ भएको जनाएको थियो । पछिल्लो समय केही रिपोर्टमा भने किम कोरोनाभाइरस संक्रमणको डरले कहीँ लुकेको हुनसक्ने समेत आशंका गरिएको छ ।
Facebook Comment