कोरोनाभाइरसः बालबालिकामा देखियो असाधारण लक्षण, चिकित्सकहरु चिन्तित

डिसी नेपाल
१६ वैशाख २०७७ १०:५२

काठमाडौं। बेलायतमा बालबालिकाहरुमा कोरोनाभाइरस संक्रमणपछि असाधारण किमिको लक्षण देखिएको डाक्टरहरुले बताएका छन् । यस किसिमका लक्षण देखिएका बालबालिकाहरुमध्ये केहीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भन्दै डाक्टरहरुले सतर्क बताएका छन् । यसले कोरोनाभाइरस पहिलेभन्दा फरक लक्षणसहित आउन सक्ने जोखिम देखिएको भन्दै बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा अन्तर्गतका डाक्टरले चेतावनी दिएका हुन् ।

गम्भीर अवस्थामा पुगेका बिरामीमा ‘मल्टी–सिस्टम इन्फ्लामेसन’ सहित फ्लूका लक्षणहरु देखिएको डाक्टरको भनाई छ । त्यसमध्ये केहीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाले सचेत हुनु पर्ने उनीहरुले बताएका हुन् । यस्तो समस्या देखिने बालबालिकाको यकिन संख्या थाहा भएको छैन, तर संख्या कम रहेको भने बताइएको छ । पछिल्ला केही दिनदेखि मात्रै बालबालिकामा असामान्य लक्षण देखिने र उनीहरु गम्भीर बिरामी पर्ने गरेको रिपोर्ट आएको एनएचएस इंग्ल्याण्डका मेडिकल डिरेक्टर स्टिफन पोविसले बताएका छन् ।

यसबारे थप अनुसन्धान भइरहेको उनले बताए । समान उमेर समूहका बालबालिकामा उच्च ज्वरो, रक्तचाप कम, शरीरमा धब्बा तथा स्वासप्रस्वासमा समस्यासहितका समान लक्षण देखिएका हुन् । केहीमा पेट दुख्ने, वान्ता हुने वा झाडा लाग्नेसहितका लक्षण पनि देखिएका छन् । यसैगरी मुटु सुन्निनेसहितका लक्षण देखिएको डाक्टरले बताए ।

कोरोना भाइरसको संक्रमणविरुद्ध लड्ने क्रममा बालबालिकाको शरीर अत्याधिक दबाबमा आउँदा यस्तो भएको हुन सक्ने विज्ञले बताएका छन् । तर यस्ता गम्भीर बिरामी बालबालिका मध्ये केहीमा मात्रै कोरोना भाइरसको संक्रमण देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *