सलमान खानको प्रेमिकासँग भारतीय टिमका कप्तानले गरे विवाह

डिसी नेपाल
१६ वैशाख २०७७ १२:३८

काठमाडौं । बलिउड र क्रिकेटको लामो समय देखी सम्बन्ध छ। जस्तै नवाब पटौदी र शर्मिला ट्यागोर देखि विराट कोहली र अनुष्का शर्मा। जहिले क्रिकेट र बलिउड एकसाथ भएका छन, ति जोडीहरू एक पावर कपलका रूपमा देखा परेको छन। बलिउड र क्रिकेटका जोडिहरुको केहि यस्ता प्रेम कथाहरू छन् जुन सुरू भयो तर तिनीहरू त्यो कथाको अन्त्य सम्म पुग्न सकेनन। केहि यस्ता कथाहरू छन् जुन अन्त्यमा पुगेपछि पनि अधुरो भएको छ। बलिउड अभिनेत्री संगीता बिजलानी र पूर्व भारतीय कप्तान मोहम्मद अजहरुद्दीनको सुन्दर प्रेम कहानी पनि यस्तै छ। आज हामी बताउने छौ कि कसरी विवाहित अजहरको मन अभिनेत्री संगीता बिजलानीमा आयो र उनले कसैको वास्ता नगरी संगीताको हात थाम्न पुगे ।

अजहरले संगीताको टुक्रिएको मनलाईलाई साहारा दिए

अभिनेत्री र पूर्व मिस इंडिया संगीता बिजलानी बाल्यकालदेखि नै बलिउडमा प्रवेश गर्न चाहन्थिन्। उनले १६ वर्षको उमेरमा मोडलिङ गर्न सुरु गरिन र छोटो समयमै चर्चित भएर विश्वमा उनको ठूलो नाम कमाईन। संगीताको फिल्म क्यारियर औसत भएपनि उनले आफ्नो सुन्दरताको कारण प्रशंसक हरुको हृदयमा शासन गरेका थिईन। अजहरलाई भेट्नु भन्दा पहिले उनी सलमान खानसँग सम्बन्धमा थिईन। दुबैले एक अर्कालाई लामो समय सम्म डेट गरेका थिए। यद्यपि एकदिन उनको सम्बन्ध टुक्रियो जब सलमानले उनलाई छोडेर सोमी अलीलाई डेट गर्न थाले। सलमानले एक साक्षात्कारमा भनेका थिए कि संगीतासँगको विवाहको कार्ड पनि छापिएको थियो तर उनले अन्तिम क्षणमा विवाह गर्न इन्कार गरे। यस्तो अवस्थामा भारतीय कप्तान मोहम्मद अजहरुद्दीनले संगीताको टुक्रिएको हृदयलाई समर्थन गरे ।

अजहर र संगीता एक विज्ञापन शुटको बेला भेट्छन्

अजहर (मोहम्मद अजहरुद्दीन) र संगीता एक विज्ञापन शुटको दौरान भेट भएका थिए। त्यो समयमा संगीता एक उदीयमान अभिनेत्री थिइन् भने अजहरले क्रिकेट मैदानमा विजयी झण्डा लगाइरहेका थिए। अजहरका अनुसार संगीता पहिलो नजरमै उनको मायामा परेकी थिइन। बिस्तारै दुबैको प्रेम अगाडी बढन थाल्यो। मिडियामा दुबैको अफेयरको चर्चा सुरु भयो। संगीता विदेशमा भारतीय क्रिकेट टोलीले खेल्ने खेलको क्रममा देखा पर्न थालिन। यद्यपि अजहर र संगीताको प्रेम बढ्दै गयो तर ब्याट्सम्यान अजहरको क्रिकेट ग्राफ तल झर्दै गयो। संगीतासँग भेट गर्नु अघि अजहर विवाहित र दुई छोराको बुबा थिए। उनले संगीतासँग बिहे गर्न सबै छोडने निर्णय गरे। उनको पहिलो पत्नीको नाम नौरेन थियो। उनी हैदराबादकी बासिन्दा थिइन। उनी अजहरको परिवारको मन पर्ने बुहारी थिइन्, त्यसैले परिवारले सम्बन्ध विच्छेद गर्न चाहेनन्। यद्यपि अजहर रोकिएन, उनले नौ वर्षको वैवाहिक जीवन समाप्त गर्ने निर्णय गरे।

अजहर लाई महँगो साबित भयो सम्बन्धविच्छेद

त्यस समयमा अजहर (मोहम्मद अजहरुद्दीन) ले सम्बन्धविच्छेदको क्षतिपूर्तिको रूपमा नौरेनलाई करिब १ करोड रूपैयाँ तिर्नुपरेको थियो। त्यतिखेर यो भारतकै सबै भन्दा महँगो सम्बन्धविच्छेदको रूपमा लिइन्थ्यो। अजहरबाट सम्बन्ध विच्छेद भएपछि, नौरेनले एक क्यानेडाली व्यापारीसँग विवाह गरीन। अजहर नौरेनका दुई छोरा छन्। कान्छो छोरा अयाजको सेप्टेम्बर २०११ मा सडक दुर्घटनामा मृत्यु भयो। अयाज लाई बाइक रेसिङमा रुचि थियो। यसैबीच, दोस्रो छोरा असदले सानिया मिर्जाकी बहिनी अनमसँग भर्खरै विवाह गरे ।

अजहर संगीताको बैबाहिक सम्बन्ध १४ बर्षसम्म मात्र चल्यो

सन १९९६ मा संगीता र अजहर एक भए। अजहरसँगको विवाहको लागि संगीताले इस्लाम स्वीकारिन् र आफ्नो नाम आयशा राखिन। दुबैको बैबाहिक १४ वर्ष सम्म मात्र चल्यो। अजहरको जीवनमा ब्याडमिन्टन खेलाडी ज्वाला गुट्टाको प्रवेश संगै दुबैको वैवाहिक जीवनमा दरार आयो र बिस्तारै दुबै टाढा हुदै गए। अन्तत २०१० मा दुबैले सम्बन्धविच्छेद गर्दै एकअर्का संग अलग भए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *