टेनिस इतिहासमै पहिलो पटक भर्चुअल प्रविधिबाट टेनिस प्रतियोगिता

डिसी नेपाल
१६ वैशाख २०७७ १४:०६

काठमाडौं । विश्व टेनिसको इतिहासमै पहिलो पटक भर्चुअल प्रविधिबाट टेनिस प्रतियोगिताको आयोजना गरिएको छ ।

स्पेनको मड्रिडमा आयोजना हुदै आएको मड्रिड ओपन टेनिस यस बर्ष कोरोना भाइरसको महामारीका कारण हुन नसकेपछि टेनिसका शिर्ष वरियताका खेलाडीहरुबीच अनलाइनबाट भर्चुअल प्रतियोगिता खेलाइएको छ ।

मड्रिड ओपनको आधिकारिक वेभपेजबाट प्रसारण गरिएको प्रतियोगितामा शिर्ष वरियताका खेलाडीहरु रफायल नाडाल, एण्डी मुरे, जोहाना कोन्टा लगायतले सहभागिता जनाएका छन् ।

कोरोनाको सन्त्रासका कारण घरमै लकडाउनमा बसेका टेनिस समर्थकहरुका लागि खेलाडीहरुकै सक्रियतामा प्रतियोगिता खेलाइएको हो । डेढ लाख युरो पुरस्कार राशि राखिएको दुइ चरणको प्रतियोगिताको विजेताले पाउने रकम कोरवना संक्रमितहरुको उपचार र राहतका लागि च्यारिटीमा दिइने आयोजकले बताएका छन् ।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *