अपार्टमेन्टमा आगलागी हुँदा क्यानाडाका प्रधानमन्त्री ट्रुडोकी आमा अस्पताल भर्ना

डिसी नेपाल
१६ वैशाख २०७७ २०:३४

ओटावा । क्यानाडाका प्रधानमनत्री जस्टिन टु«डोकी आमा मार्गरेट ट्रुडो मोन्ट्रियलस्थित एक अपार्टमेन्टमा लागेको आगलागीका कारण विरामी परेपछि उनलाई स्थानीय समय अनुसार सोमबार राति अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यम तथा अन्य स्रोतहरूले बताएका छन् ।

विपद् व्यवस्थापन अधिकारीहरूले एएफपीलाई आगलागीपछि एक व्यक्तिलाई अस्पताल पठाइएको बताएका छन् । स्थानीय सञ्चारमाध्यमले मोन्ट्रियलस्थित पूर्व प्रधानमन्त्री पिएरे ट्रुडोकी पत्नी मार्गरेटको आवास रहेको अपार्टमेन्टमा आगो निभाउन कैयौँ दमकल, अग्ला–अग्ला भ¥याङको प्रयोग गरेका तस्बीरहरू मङ्गलबार विहानै सार्वजनिक गरेका छन् ।

भवनको पाँचौ तलाबाट आगलागी भएको आगो निभाउँनका लागि करिब ७० जना अग्नी नियन्त्रकसहित दमकलहरू त्यहाँ पुगेका थिए । आगलागी नियन्त्रणमा आइसकेको बताइएको छ । प्रधानमन्त्रीको कार्यालयमा प्रतिक्रियाका लागि सञ्चारमाध्यमले गरेको सम्पर्कमा तत्काल कुनै प्रतिक्रिया दिइएन ।

मार्गरेट आगलागीपछि निस्किएको धुवाँको मुस्लोका कारण स्वासप्रस्वासमा समस्या भएको र जलेर बनेका घाउहरूको उपचारका लागि अस्पतालमा भर्ना भएकोे रेडियो–क्यानडाले बताएको छ । उनलाई छिट्टै आराम हुने अपेक्षा गरिएको छ । आगलागीका कारण अपार्टमेन्टका तीनजना परिवारका सदस्यलाई सुरक्षित स्थानमा सारिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *