आज यी तीन देशका मुद्राको भाउ बढ्यो, कुन देशको कति ?

डिसी नेपाल
१७ वैशाख २०७७ ७:००

काठमाडौँ । आज वैशाख १६ गते (बुधबार) यूके पाउण्ड, कुवेत र बहराईन दिनारको मुल्य केही बढेको छ । अमेरिकी डलरसहित धेरै देशको विनिमयदर घटेको छ।

आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर १२२ रुपैया २१ पैसा पुगेको छ ।

यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ ३३ पैसा तथा बिक्रिदर १ सय ३२ रुपैयाँ ९८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५१ रुपैयाँ ९८ पैसा र बिक्रिदर १ सय ५२ रुपैयाँ ७३ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५० पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १९ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ३५ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २७ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर २८ रुपैयाँ रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९२ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर ३९४ रुपैयाँ ६१ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३२२ रुपैयाँ २ पैसा तथा बिक्रिदर ३२३ रुपैयाँ ६१ पैसा रहेको छ।

यस्तो छ सबै देशको विनिमयदर तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *