कोका-कोलाले कोरोना नियन्त्रणका लागि ८ करोड रुपैयाँ सहयोग गर्ने

डिसी नेपाल
१७ वैशाख २०७७ १०:०२

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारी रोक्न कोका—कोलाले फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपतकालिन कामदार र धेरै प्रभावित भएका वेस्ट वर्करहरुलाई सहयोग पुर्याउन रु ८ करोड प्रारम्भिक सहयोग गर्ने घोषणा गरेको छ।

कोका-कोलाले शुरु गरेको राहत कार्यक्रमले देशभर १ लाख भन्दा बढि जीविकालाई लाभान्वित र सकारात्मक प्रभाव पार्ने उद्देश्य रहेको जनाएको छ।

कोका-कोलाले नेपाललाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र आपतकालिन कामदारहरुका लागि आधारभूत स्वास्थ्य सुविधाहरु, आवश्यक मेडिकल उपकरण र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को वृद्धि गरि तत्काल राहत प्रदान गरी समुदायलाई सहयोग गर्न लागेको हो ।

यसको साथै कम्पनीले आपतकालिन कामदारलाई पेय पदार्थ र दैनिक ज्यालामा निर्भर प्रभावित समुदायलाई खाद्यान्न राहत सामाग्रीहरु प्रदान गर्दै सहयोग गरेको छ । यी पहलहरु, नीजि, गैर सरकारी संस्था र समुदायहरुको संयुक्त प्रयासमा शुरु गरिएको हो।

कोका–कोलाले नेपालमा समुदायलाई कोभिड-१९ विरुद्ध लड्न र यसको थप फैलावटलाई कम गर्न सहयोग पुर्याउन नेपाल रेडक्रस सोसाइटी र रिसाइक्लिङ्ग पार्टनर क्रियशनसँग साझेदारी गरेको छ।

कोका-कोला कम्पनी र बोटलिङ्ग पार्टनर बोटलर्स नेपाल लिमिटेड यस विश्वव्यापी संकटमा आफ्ना कर्मचारी, उपभोक्ता र समुदायहरुको सुरक्षा र हित सुनिश्चित गर्न प्रतिबद्ध रहेका छन ।

कोका-कोलाले अप्रेशनका भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले भने, ग्लोबल कोभिड—१९ महामारीले हामी सबैका लागि अत्यन्तै चुनौतिपूर्ण समय निमत्याएको छ । यो अशान्तिको बखत हामीलाई स्थिर राख्ने सम्पूर्ण साहसी फ्रन्टलाइन कर्मचारीहरुप्रति हार्दिक आभार प्रकट समेत गरेको छ ।

महामारी मार्गनिर्देशनका लागि हाम्रो दृष्टिकोण कम्पनीको उद्देश्यमा आधारित छ जसले हामी विश्वभरका समुदाय र मानिसहरुमा प्रभावकारी सेवालाई निरन्तरता दिन प्रयासरत रहेको सुनिश्चित गर्दछ । नेपालमा हामी हाम्रा पार्टनहरुका साथ स्वास्थ्य, सुरक्षा र समुदायको जीवनयापन सुधारका लागि काम गरिरहेका छौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *