किम गम्भीर बिरामी भएको खबरका बीच ५ वटा अमेरिकी जासुसी विमान उत्तर कोरियामा
काठमाडौं। उत्तर कोरियाका शासक किम जोंग उनको स्वास्थ्यका विषयमा गम्भीर दावीहरु गरिएका छन् । उनी सार्वजनिक रुपमा नदेखिएको १८ दिन भइसकेको छ । यही बीच बेलायती मिडिया डेलिमेल र अर्को मिडिया द सनले अमेरिकाले ५ वटा उच्च प्रविधियुक्त जासुसी विमान उत्तर कोरिया र किम जोंग उनमाथि निगरानी गर्नको लागि पठाएको समाचार लेखेका छन् । किमको अवस्थाबारे जानकारी हासिल गर्नको लागि जासुसी विमान पठाइएको समाचार सबैभन्दा पहिले दक्षिण कोरियाली मिडिया चुसेन इल्बोले लेखेको थियो ।
रिपोर्टका अनुसार अमेरिका र दक्षिण कोरियाले किम जोंगका विषयमा फैलिएका हल्लाहरुमाथि निगरानी गरिरहेका छन् । रिपोर्टमा दक्षिण कोरियाका अधिकारीहरुले ५ जासुसी विमान पठाइएको कुरा पुष्टि गरेको बताइएको छ । सेनासँग सम्बन्धित सूत्रका अनुसार खास रुपमा किमसँग सम्बन्धित जानकारी हासिल गर्न विमान पठाइएको हो । दक्षिण कोरियाले पनि एक विमान जानकारी संकलनका लागि तैनाथ गरेको बताइएको छ ।
Facebook Comment