भारतका पूर्व क्रिकेटर अमेरिकी क्रिकेट टिमको नयाँ प्रशिक्षक
काठमाडौं । भारतको कर्नाटकका पूर्व ब्याट्सम्यान जे अरुण कुमार मंगलबार अमेरिकी क्रिकेट टीमका प्रशिक्षक नियुक्त भएका छन। कोचको हैसियतमा उनी यसअघि लामो समयदेखी कर्नाटकको टोलीसँग जोडिएका थिए। उनी इंडियन प्रीमियर लिग (आईपीएल) मा किङस इलेवन पंजाबका ब्याटिङ कोच पनि रहेका छन्।
अमेरिकी क्रिकेटका सीईओ इयान हिगिन्सले आफ्नो वेबसाइटमा भने “पूर्व रणजी ट्रफी र आईपीएलका पूर्व प्रशिक्षक पूर्व प्रथम श्रेणी क्रिकेटर जे अरुण कुमारलाई पुरुष टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको छ ।”
अरुण कुमारले पहिलो श्रेणी क्रिकेटमा ७ हजार २ सय रन बनाएका छन भने लिस्ट ए खेलमा ३ हजार भन्दा बढी रन बनाएका छन। उनले २०१३–१४ र २०१४–१५ सत्रमा रणजी ट्रफी, विजय हजारे ट्रॉफी र ईरानी कपमा कर्नाटकको शानदार नेतृत्व गरेका थिए ।
४५ वर्षीय अरुण प्रशिक्षक बने पछि खुशी हुदै भने कि उनको लक्ष्य अमेरिकालाई टेस्ट खेल खेल्ने देश बनाउनु हो। उनले भने “मैले लामो, मध्य र छोटो अवधिका लक्ष्यहरू राखेको छु। मेरो वास्तविक लक्ष्य भने यो हो कि आउँदो दिनमा अमेरिकाले टेस्ट खेल्ने राष्ट्रहरूमा सामेल हुनुपर्दछ। यो टाढाको गोल हो, अबको लागि मेरो ध्यान विश्व कप लिगमा केन्द्रित हुनेछ।”
Facebook Comment