रङगेली नगरपालिकाले काठमाडौमा अलपत्र नगरबासीलाई निशुल्क उद्धार गर्यो

डिसी नेपाल
१७ वैशाख २०७७ १८:५३

मोरङ । रङ्गेली नगरपालीका १ का नविन ओझा यतिबेला निकै खुसी छन। लकडाउनका कारण काठमाडौमा बस्दा खान बस्न नै समस्या भएपछि उनी निकै समस्यामा थिए । केही युवाहरुको अगुवाईमा रङगेली नगरपालिकाले निशुल्क उद्धार गरेर घर फर्कन पाएपछि उनी खुसी भएको बताउँछन।

कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण संघीय राजधानी काठमाडौमा अलपत्र परेका आफ्ना नागरीकलाई स्थानिय तहले फिर्ता लैजान सरकारसँग पहल गरेसँगै मोरङको रङगेली नगरपालिकाले पनि आफ्ना नागरीकलाई फिर्ता लगेको छ।

काठमाडौमा रहेका नगरबासीलाई रंगेली नगरपालिकाले अनलाइनमार्फत फर्म भर्न लगाएको थियो । उनिहरुमध्ये पहिलो चरणमा ४२ जनालाई गत शनिबार काठमाडौबाट रंगेली ल्यइएको छ। यस्तै आइतबार र सोमबार दोसा्रे र तेस्रो चरणमा गरी जम्मा १५० जना भन्दा बढीको उद्धार गरिएको हो।

आफ्ना नागरीकहरु समस्यामा परेको गुनासो बढेपछि समाधान गर्नका लागि स्थानिय युवाहरुको सहकार्यमा उद्धार गरेको रंगेली नगरपालिका प्रमुख दिलिपकुमार अग्रवाले डिसी नेपाललाई बताए।

उद्धारका क्रममा प्रहरी चेकिङमा समस्या आएपछि अग्रवाल आफै १५ किलोमिटरसम्म लिन पुगेका थिए। यसरी निशुल्क उद्धार गरेपछि पनि आफै लिन आएपछि उद्धार भएकाहरु निकै खुसी भएको प्रतिक्रिया दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *