चर्चित बलिउड अभिनेता ऋषि कपूर अस्पताल भर्ना

डिसी नेपाल
१८ वैशाख २०७७ ७:२५

काठमाडौँ । बलिउडका अभिनेता ऋषि कपूरको स्वास्थ्यमा समस्या देखिएसँगै अस्पताल भर्ना गरिएको छ ।

पछिल्ला केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि अभिनेता कपूरलाई मुम्बईस्थित एन एच रिलायन्स अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । समाचारका अनुसार अहिले उनको स्वास्थ्य स्थिर रहेको छ ।

कपूर गत वर्ष मात्रै अमेरिकाबाट भारत फर्किएका थिए । अमेरिकामा उनको क्यान्सरको उपचार भएको थियो । कपूर २०१८ देखि क्यान्सरबाट पीडित छन् ।

यसअघि बुधबार अर्का चर्चित अभिनेता इरफान खानको निधन भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *