विश्वभर कोरोना निको हुनेको संख्या १० लाख नाघ्यो, कुन देशमा कति ? (तालिका)

डिसी नेपाल
१८ वैशाख २०७७ ८:०२

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका १० लाख बढी संक्रमित कोरोनाको युद्ध जितेर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै मानिस ४७ हजार ४८ जना संक्रमित उपचारपछि घर फर्किएसँगै कोरोना निको हुनेको संख्या १० लाख २९३ पुगेको वल्र्डमिटर्सले जनाएको छ । मंगलबार उपचारपछि घर फर्किनेको यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि मंगलबार ३० हजार ८५८ जना संक्रमित उपचारपछि घर फर्किएका थिए।

कोरोनाबाट १० लाख ६४ हजार १९४ जना संक्रमित रहेको अमेरिकामा १ लाख ४७ हजार ४११ जना संक्रमितको उपचार सफल भएको छ ।

यस्तै, कोरोनाबाट २४ हजार २७५ जनाको ज्यान गएको स्पेनमा १ लाख ३२ हजार ९२९ संक्रमितको उपचार सफल भएको छ भने २ लाख ३ हजार ५९१ संक्रमित रहेको इटलीमा ७१ हजार २५२ संक्रमित उपचार पछि घर फर्किएका छन् ।

यस्तै, फ्रान्समा ४८ हजार २२८, जर्मनीमा १ लाख २० हजार ४००, टर्की ४४ हजार ४०, रसिया १० हजार २८६, इरान ७३ हजार ७९१, चीन ७७ हजार ६१०, ब्राजिलमा ३४ हजार १३२ जनाको उपचार सफल भएको छ । अन्य देशको विवरण तलको तालिकामा उल्लेख छ ।

३३ हजार ६२ जना कोरोना संक्रमित रहेको छिमेकी मुलुक भारतमा ८ हजार ४३७ को उपचार सफल भएको छ भने १५ हजार ५२५ संक्रमित रहेको पाकिस्तानमा ३ हजार ४२५ को उपचार सफल भएको छ ।

५८ जना कोरोना संक्रमणको पुष्टी भएको नेपालमा १६ जना उपचार पछि घर फर्किसकेका छन् भने अन्य संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

विश्वका २१० देशमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट यो समाचार तयार पार्दासम्म ३२ लाख १९ हजार ४२४ जना संक्रमित भएका छन् । जसमध्ये २ लाख २८ हजार १९७ को ज्यान गइसकेको छ।

यस्तो छ २१० देशको अपडेट तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *