ह्वाइट हाउसले भारतीय प्रधानमन्त्री मोदीको ट्विटर अकाउन्ट अनफलो गरेपछि…

डिसी नेपाल
१८ वैशाख २०७७ ८:२५

काठमाडौं। ह्वाइट हाउसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर अकाउन्ट अनफलो गरेको छ। २० दिन पहिला जब भारतले अमेरिकालाई हाइड्रक्सीक्लोरोक्वीन औषधि निर्यात गरेको थियो, तब ह्वाइट हाउसले मोदीको ट्विटर फलो गर्न सुरु गरेको थियो। ह्वाइट हाउसले भारतसँग जोडिएका ६ वटा अकाउन्ट अनफलो गरेको छ। त्यसमा मोदी, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति भवनको ट्विटर ह्याण्डल छन्।

अब १३ वटा अकाउन्ट यस्ता छन्, जसलाई ह्वाइट हाउसले फलो गरिरहेको छ। यसमा डोनाल्ड ट्रम्प, मेलानिया ट्रम्प, माइक पेन्स र ट्रम्प प्रशासनसँग सम्बन्धित मानिसहरु छन्। अमेरिका अन्य कुनै पनि देश वा राष्ट्राध्यक्षको टिव्टर ह्याण्डिललाई फलो गर्दैन। पहिलो पटक ह्वाइट हाउसले भारतीय प्रधानमन्त्री र राष्ट्रपतिलाई फलो गर्न सुरु गरेको थियो।

ह्वाइट हाउसको ट्विटर अकाउन्टको यो स्क्रीन शट त्यति बेलाको हो जतिबेला उसले भारतीय प्रधानमन्त्री र राष्ट्रपतिलाई फलो गर्न सुरु गरेको थियो।

ह्वाइट हाउसले मोदी, प्रधानमन्त्री कार्यालय, राष्ट्रपति भवन, अमेरिकास्थित भारतीय दूतावास, भारतस्थित अमेरिकी दूतावास, भारतमा अमेरिकी राजदूत केन जस्टरको ट्विटर अकाउन्ट फलो गरेर अनफलो गरेको छ।

कोरोना भाइरस महामारीसँग जुध्नका लागि भारतीका तर्फबाट हाइड्रक्सीक्लोरोक्वीन औषधि दिने निर्णयपछि ह्वाइट हाउसले प्रधानमन्त्री मोदी, राष्ट्रपति भवन पीएमओसँग जोडिएका ट्विटर ह्याण्डल फलो गर्न सुरु गरेको थियो।

डोनाल्ड ट्रम्पले हाइड्रक्सीक्लोरोक्वीनलाई कोरोना विरुद्धको हतियार भन्दै भारतसँग औषधि दिन माग गरेका थिए। भारतले त्यो बेलासम्म उक्त औषधि निर्यातमा रोक लगाएको थियो। त्यस विरुद्ध ट्रम्पले जवाफी कारवाही गर्ने धम्कीसम्म दिएका थिए।

त्यसपछि भारतले सहयोगका लागि भन्दै सबै देशलाई हाइड्रक्सीक्लोरोक्वीन दिने निर्णय गरेको थियो। त्यसपछि ट्रम्पले भारतलाई धन्यवाद दिएका थिए र ह्वाइट हाउसले पीएम मोदी र भारतसँग जोडिएका अन्य ट्विटर ह्याण्डललाई फलो गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *