डाक्टरले कयौं कोरोना विमारी ठिक बनाइन्, अरुको दुख देख्न नसकेपछि ज्यान नै दिइन्
न्यूयोर्क। अमेरिकामा कयौं कोरोना संक्रमितको उपचार गरिसकेकी एक जना डाक्टरलको मृत्यु भएको छ। कोरोना संक्रमितको उपचार गर्दा गर्दै उनी पनि संक्रमित भएकी थिइन्। डाक्टर लोर्ना एम ब्रीनको मृत्युले डाक्टरमाथि कोरोनाको मानिस असरलाई उजागर गरेको छ।
डाक्टर ब्रीन न्यूयोर्कको प्रोस्बिटेरियन एलन अस्पतालमा इमरजेन्सी डिपार्टमेन्टकी मेडिकल डाइरेक्टर थिइन्। २०० बेडको यो यो अस्पतालमा १७० कोरोना संक्रमितको उपचार भइरहेको छ।
डा. ब्रीनको पिता फिलिपका अनुसार लोर्नाले कोरोना संक्रमितको डरलाग्दो मृत्यु नजिकबाट देखेकी थिइन्। उनले पूरा लगनका साथ आफ्नो काम गरेकी थिइन्। कोरोना संक्रमितको उपचार गर्दागर्दै उनलाई नै कोरोना संक्रमण भएको थियो।
तर उपचारपछि उनी ठिक भएर घर पनि आएकी छन्। त्यसपछि फेरि उनी अस्पताल जान थालिन्। परिवारका सदस्यले उनलाई अस्पताल जानबाट रोके। ४९ वर्षीया लोर्नालाई कुनै मानसिक विमारी पनि थिएन। तर उनले आफ्ना बुवासँग केही फरक र विचित्र महशुश हुन लागेको बताउने गरेकी थिइन्। पछिल्लो समय उनी निराश देखिन थालेकी थिइन्। उनले आफ्ना बुवासँग विमारी अस्पतालमा एम्बुलेन्सबाट निकाल्दै गर्दा मृत्यु हुने गरेको बताएकी थिइन्।
डाक्टर लोर्ना कोरोनाभाइरस सँग लडिरहेका विमारीको अग्रपंक्तिमा थिइन्। अस्तापलले डा. ब्रीलाई वास्तविक हिरो भएको बताएको छ। अस्पतालले एक विज्ञप्ति निकालेर भनेको छ, ‘डा. लोर्नाले निकै कठिन परिस्थितिमा विमारीको उपचार गर्दै उच्चतम आदर्शको प्रदर्शन गरेकी छन्। यो मृत्युले हाम्रा सामु कयौं प्रश्न खडा गरेको छ, जसको जवाफ हामीले खोज्नुछ।’
न्यूयोर्क –प्रेस्बिटेरियन ब्रुकलिन मेथोडिस्ट अस्पतालमा क्वालिटी केयरका उपप्रमुख डाक्टर लरेन्स ए मेलनिकर भन्छन्– कोरोनाभाइरसले पूरै न्यूयोर्कमा इमरजेन्सी डाक्टरका लागि मानसिक स्वास्थ्यको चुनौती पैदा गरिदिएको छ।
त्यसो त डाक्टर सधैं जस्तो सुकै परिस्थितिसँग लड्न तयार हुन्छन्। तर उनीहरु स्वयं विमारी हुने वा परिवार संक्रमित हुनेका त्यति धेरै चिन्ता हुँदैन, कोरोनाको मामिलामा हुन्छ।’
डाक्छर ब्रीनका साथीका अनुसार उनी न्यूयोर्क स्की क्लबको सदस्य थिइन्। उनी निकै धार्मिक पनि थिइन्। हप्तामा एक दिन वृद्धबृद्धाको सेवाका लागि जान्थिइन्। उनलाई सालसा नृत्य निकै मन पथ्र्यो।
आफ्नो आसपासको माहोललाई जीवन्त बनाइ राख्थिइन्। डाक्टरको रुपमा उनले उनले जुन सम्मान र उचाइ हासिल गरेकी थिइन्, त्यो त्यतिबेला मात्रै प्राप्त गर्न सकिन्छ जतिबेला व्यक्ति किनै प्रतिभाशाली हुन्छ।
न्यूूयाेर्क टाइम्सबाट
Facebook Comment