अविवाहित १७ वर्षकी किशोरीले बच्चा जन्माइन्, लगत्तै अस्पतालमै झुण्डिएर आत्महत्या गरिन्
काठमाडौं। १७ वर्षकी एक अविवाहित किशोरीले बच्चा जन्माएपछि लगत्तै अस्पतालमै झुण्डिएर आत्महत्या गरेकी छिन् । उनले अपरेशन थिएटरमै झुण्डिएर आत्महत्या गरेको बताइएको छ । उनले जन्माएको बच्चा भने स्वस्थ छ । पुलिसले यस विषयमा मुद्दा र्ता गरेर आरोपीको खोजी सुरु गरेको छ ।
आज तकका अनुसार यो सनसनीपूर्ण घटना भारतको मध्य प्रदेशको रीवा जिल्लाको हो । रीवा मुख्यालयबाट ९० किलोमिटर टाढा चाकघाटमा घटना भएको समाचारमा जनाइएको छ । मंगलबार राती ती किशोरी एक्लै निजी नर्सिङ होम पुगेकी थिइन् । डाक्टरहरुले उनको बारेमा धेरै कुरा बुझ्न नपाउँदै उनलाई व्यथा लाग्यो र उनले स्वस्थ बच्चालाई जन्म दिइन् ।
डाक्टरहरुले हतारहतार उनलाई सानो अपरेशन थिएटर जस्तै लेबर रुममा सारे जहाँ सुत्केरीको हेरचाहका लागि आया थिइन् । नाबालिक आमा यो कुराले आत्तिइन् । उनले आयालाई पानी ल्याउन भन्दै बाहिर पठाइन् र अपरेशन थिएटरभित्रै ढोका बनद गरेर चुन्नीको पासो लगाएर आत्महत्या गरिन् ।
पुलिसले घटनास्थलमा पुगेर मुचुल्का उठाएपछि शव परिवारको जिम्मा लगाएको छ । परिवारलाई उनी गर्भवती भएको थाहै थिएन । ती किशोरीको गाउँका एक युवकसँग सम्बन्ध रहेको पाइएको छ । परिवारलाई यो सम्बन्धबारे थाहा थिएन । पुलिले ती युवकको खोजी सुरु गरेको छ । आरोपी युवकविरुद्ध दुष्कर्मसहितका मुद्दा दर्ता हुनेछन् ।
Facebook Comment