धनगढीमा पार्किङ गरेर राखेको बसभित्र मध्य रातमा जोडी भेटिए

डिसी नेपाल
१८ वैशाख २०७७ १५:१२

काठमाडौं। धनगढीमा पार्किङ गरेर राखिएको बसभित्रबाट मध्यरातमा २ जोडी पक्राउ परेका छन् । २ युवा र २ युवती पक्राउ परेका हुन् । धनगढी उपमहानगरपालिका–४ मा राखिएको बसभित्र मंगलबार मध्यरातमा उनहिरु भेटिएका थिए । भेटिएका २ युवकमध्ये एक जना बसका सहचालक हुन् भने अर्का उनका साथी हुन् ।

धनगढीका २४ वर्षीय दिलिप थापामगर र टीकापुरका १९ वर्षीय राम चौधरी र अन्य २ युवती पक्राउ परेका हुन् । युवतीको पहिचान खुलाइएको छैन । स्थानीयले बसभित्र हल्ला भएको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरी आएको थियो । पक्राउ परेका २ युवतीले आफूहरु मंगलबार मात्रै काठमाडौंबाट आएको बताएका छन् । प्रहरीले उनीहरुका अभिभावकलाई बोलाएर कारवाहीको प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *