अष्ट्रेलियाको सेन्ट्रल कन्ट्रयाक्टबाट ख्वाजासहित ६ खेलाडी बाहिर
एजेन्सी । क्रिकेट अष्ट्रेलियाले सन् २०२०–२०२१ का लागि सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । अष्ट्रेलियाले बिहिबार सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने पुरुषतर्फ २० र महिलातर्फ १५ खेलाडीको सूची सार्वजनिक गरेको हो ।
अष्ट्रेलियाले सार्वजनिक गरेको सूचीमा ब्याट्सम्यान उस्मान ख्वाजासहित ६ खेलाडी बाहिरिएका छन् । ख्वाजा पाँच वर्षपछि पहिलो पटक कन्ट्रयाक्टबाट बाहिर रहेका हुन् । ख्वाजासँगै नाथन कल्टर निल, पिटर हान्ड्सकम्ब, मार्कुस हरिस, शाउँन मार्श र मार्कुस स्टोनिस पनि कन्ट्रयाक्टबाट बाहिर रहेका छन् । यस पटक मार्नुस लाबुसाने र जोइ बुर्न्स लगायतका ६ नयाँ अनुहारले सेन्ट्रल कन्ट्रयाक्टमा स्थान बनाएका छन् ।
पुरुषतर्फ एस्टन अगर, जोइ बुर्न्स, एलेक्स केरी पाट कुमिन्स, आरोन फिन्च, जोश हाजलउड, टार्भिस हेड, मार्नुस लाबुसचाङ, नाथन लायन, मिचेल मार्श, ग्लेन म्याक्स्वेल,टिम पेन,जेम्स पाटीनसन, झेए रिचार्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, माथ्यु वेड, डेभिड वार्नर र एडम जाम्पा रहेका छन् ।
महिलातर्फ निकोला केरी, एश्लिघ गार्डनर, राचेल हेनेस, अलिसा हेली, जेस जोनासन, डेलिस्सा किमिन्स, मेग लानिङ, तहलिया म्याकग्राथ, सोफी मोलिन्क्स, बेथ मोनी, एलिसे पेरी, मेगन स्चुट, अन्नाबेल सुथरल्याण्ड, तयाला भ्लामिन्क र जर्जिया वारेहम रहेकी छिन् ।
Facebook Comment