यश चोपडालाई मनै पर्दैनथ्यो शाहरुख खान, तरपनि फिल्म डरमा यस्तो रोल

डिसी नेपाल
११ असोज २०७५ १६:४८

काठमाडौँ । यश जोपडा र शाहरुखको जोडी बलिउडमा लामो समयसम्म रहयो। स्रोतका अनुसार यश चोपडा नभएको भए शाहरुख खान यो स्थानमा पुग्दैनथे भने गरिन्छ ।

एक समय यस्तो थियो जब यश चोपडा र उनका छोरा आदित्य चोपडाले शाहरुख खानलाई पटक्कै मन पराउँदैथे। उनले त्यसभन्दा अगाडि शाहरुखले अभिनय गरेको चलचत्रि किंग अंकलको फुटेज हेरेका थिए जुन उनलाई मन परेन।

तरपनि शाहरुखलाई यो चलचित्रमा साईन गराउन उनी बाध्य भए । किनकी यो नेगेटिभ रोल गर्न कोहीपनि तयार भएका थिएनन्। जब यशले शाहरुखको सुटिङ्ग हेरे तब उनी निक्रै आकर्षित भए।

यश चोपडा लाई बलिउडमा रोमान्स किंग भन्ने गरिएको छ। शाहरुखले उनको निर्देशनमा दिल तो पागल है, दिलवाले दुल्हनिया ले जाएंगे, मोहब्बते, वीर जारा, रब ने बना दी जोडी, जब तक है जान जस्ता चलचित्रमा अभिनय गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *