रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन

डिसी नेपाल
१९ वैशाख २०७७ १०:०१

काठमाडौं। रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । ८६ वर्षिया उनको बिहीबार बेलुका मेडिकेयर अस्पतालमा निधन भएको हो । मधुमेह र उच्च रक्तचापबाट पीडित उनलाई केही अप्ठ्यारो भएपछि बिहीबार साँझ मात्रै अस्पताल लगिएको थियो ।

तारिणीप्रसाद कोइरालाको नेतृत्वमा विराटनगरमा २००७ सालमा रेडियो स्थापना भएपछि रानुदेवीले गीत गाएकी थिइन् । निरंकुशताविरुद्ध २००७ सालमा भएको प्रजातान्त्रिक आन्दोलनका बेला उनले गीत गाएकी हुन् । उनी कांग्रेस नेता डा. शेखर कोइरालाकी सानीमा हुन् । बिहीबार बेलुका उनको निधन भएपछि राति नै अन्त्येष्टि गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *