ट्रम्पको दावीलाई उनकै गुप्तचर एजेन्सीले किन खण्डन गर्‍यो ? ट्रम्प सही कि गुप्तचर एजेन्सी ?

डिसी नेपाल
१९ वैशाख २०७७ १३:५०

लण्डन (बीबीसी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कोरोनाभाइरस चीनको प्रयोगशालामा नै बनेको भन्ने कुराको प्रमाण देखेको बताएका छन् । राष्ट्रपति ट्रम्पको राय उनकै देशको राष्ट्रिय गुप्तचर एजेन्सीको भन्दा फरक छ जसले दावी गरेको छ कि कोरोनाभाइरस ल्याबमा बनेको होइन ।

अमेरिकी नेशनल इन्टेलिजेन्स एजेन्सीमा डाइरेक्टरको अफिसले भनेको छ कि उनहिरु अहिले पनि यो कुराको जाँच गरिरहेका छन् कि भाइरस कहाँबाट सुरु भयो । यद्यपि उनीहरुले भनेका छन् कि उनीहरु निश्चित रुपमा भन्न सक्छन् कि कोरोनाभाइरस कुनै व्यक्तिले बनाएको होइन र यो जेनेटिकली मोडिफाइड पनि होइन ।

चीनले पहिले पनि कैयौं पटक ल्याबमा कोरोनाभाइरस बनाइएको दावीलाई खारेज गरिसकेको छ । साथमा उसले कोरोनाभाइरसका सम्बन्धमा अमेरिकाको तर्फबाट उठाइएका कदमको आलोचना गरेको छ ।

गएको वर्षको अन्तिममा चीनको वुहान शहरमा कोरोनाभाइरसबारे थाहा भएको थियो । अहिलेसम्म विश्वभरमा ३२ लाख मानिसहरु कोरोना संक्रमित भएका छन् र २ लाख ३० हजारभन्दा धेरै मानिसहरुको ज्यान गइसकेको छ । अमेरिकामा मात्र ६४ हजारभन्दा धेरै मारिएका छन् ।

ट्रम्पले के भने ?

बिहीबार ह्वाइट हाउसको ब्रिफिङमा एक पत्रकारले राष्ट्रपति ट्रम्पसँग सोधे – के तपाइँले यस्तो केही देख्नुभएको छ, जसबाट तपाइँ विश्वसका साथ भन्न सक्ुहोस् कि चीनको वुहान इन्ष्टिच्युट अफ भाइरोलोजीमा कोरोनाभाइरस उत्पन्न भयो ?

जवाफमा राष्ट्रपतिले भने – हो, मैले देखेको छु । अनि म मान्छु कि विश्व स्वास्थ्य संगठन आफैंमा लज्जित हुनुपर्छ किनकि ऊ चीनको उक पीआर एजेन्सीजस्तै छ । जब उनीसँग यसबारेमा स्पष्ट रुपमा बताउन भनियो, ट्रम्पले भने – म त्यो तपाइँलाई बताउन सक्दिन । मसँग तपाइँलाई बताउने अनुमति छैन ।

ट्रम्पले पत्रकारहरुसँग कुराकानीमा भने ‘चाहे चीनले गल्ती गरेको हो वा यो गल्तीको रुपमा सुरु भएको हो र फेरि त्यसपछि अन्य गल्ती गरेका होउन् वा कसैले जानीजानी केही गरेको हो ? म बुझ्न सकिरहेको छैन कि मानिसहरुलाई कसरी चीनका अन्य स्थानमा जान दिइएन तर उनीहरुलाई बाँकी विश्वमा जान दिइयो । यो निकै नराम्रो हो । यो उनीहरुको लागि निकै कठिन प्रश्न हो, जसको जवाफ दिनुपर्छ ।’

बिहीबार न्यूयोर्क टाइम्सले दिएको रिपोर्ट अनुसार ह्वाइट हाउसका अधिकारीहरुले गुप्तचर एजेन्सीहरुसँग भनेका छन् कि उनीहरु यसको जाँच गरुन् कि के कोरोनाभाइरस वुहानको रिसर्च ल्याबबाट बाहिर आयो ? एक अधिकारीले आफ्नो नाम नबताइ बुधबार एबीसी न्यूजलाई बताएका थिए कि एजेन्सीहरुलाई यो पनि पत्ता लगाउन भनिएको छ कि के चीन र विश्व स्वास्थ्य संगठनले भाइरसको बारेमा पहिले जानकारी लुकाएका थिए ?

गुप्तचर प्रमुखले के भने ?

बिहीबार अमेरिकाको नेशनल इन्टेलिजेन्सका निर्देशकको कार्यालयले बयान जारी गर्यो । यस्तो आम रुपमा हुँदैन । नेशनल इन्टेलिजेन्स अमेरिकी खुफिया एजेन्सीहरुमाथि निगरानी गर्छ ।

बयानमा भनिएको छ – युएस नेशनल इन्टेलिजेन्स कोरोनाभाइरसको उत्तपत्तिको बारेमा वैज्ञानिकहरुको रायसँग सहमति जनाउँछ । अमेरिकाका एजेन्सीहरु कोरोनाभाइरसका बारेमा आइरहेका सूचनाहरु र खुफिया जानकारीको जाँच जारी राख्नेछन् । उनहिरु यो खोजी गरिरहेका छन् कि कोरोनाभाइरसको उत्पत्ति जनावरको सम्पर्कमा आएपछि भयो वा वुहानको ल्याबमा कुनै दुर्घटनाका कारण यस्तो भयो ।

अमेरिकी एजेन्सीको तर्फबाट षड्यन्त्रको थ्योरीमा पहिलो पटक कुनै प्रतिक्रिया आएको हो । यस्ता थ्योरी अमेरिका र चीन समेत विश्वका कैयौं देशहरुमा चलिरहेको छ कि भाइरस जैविक हतियार हो ।

विषयको पृष्ठभूमि के हो ?

जबदेखि कोरोनाभाइरसको संक्रमण विश्वमा फैलिएको छ, ट्रम्पले महामारीका सम्बनधमा चीनलक्षित कैयौं टिप्पणीहरु गरेका छन् । बुधबार त ट्रम्पले यहाँसम्म भनिदिए कि चीन चाहँदैनथ्यो कि उनी फेरि अमेरिकी राष्ट्रपति बनुन् ।

ट्रम्पले पहिले पनि कैयौं पटक यो भनिसकेका छन् कि चीनका अधिकारीहरुले पहिले कोरोनाको बारेमा जानकारी लुकाएका थिए र यदि उनीहरुले चाहेको भए भाइरसलाई फैलिनबाट रोक्न सकिन्थ्यो । ट्रम्पले डब्लुएचओमाथि पनि कडा टिप्पणी गरेका थिए र पछि अमेरिकाको तर्फबाट दिइने अनुदान रोकिदिएका थिए ।

यद्यपि चीनको विदेश मन्त्रालयले आरोप लगाएको छ कि ट्रम्पको रकार संकटसँग जुध्ने काममा आफ्नो असफलता लुकाउनको लागि यस्तो गरिरहेको छ । अर्कोतर्फ चीनका प्रवक्ताहरुले कैयौं पटक बिना प्रमाण कोरोनाभाइरसको उत्तपत्ति शायद अमेरिकामा भएको थ्योरी उठाएका छन् ।

वाशिङटन पोस्टका अनुसार अमेरिका चीनलाई आर्थिक रुपले दण्डित गर्ने तरिका खोजिरहेको छ । सरकारको चर्चामा चीनमाथि नोक्सानीको मुद्दा हाल्ने साथै चीनलाई ऋणको राशी नतिर्नेसम्मका विकल्प छन् ।

अमेरिकी विदेश मन्त्रालय कभर गर्ने बीबीसी संवाददाता बारबरा प्लेट अशरको आँकलन

अमेरिकी गुप्तचर एजेन्सीको तर्फबाट पहिलो पटक यस्तो बयान आएको छ जसमा कोरोनाभाइरसको उत्पत्तिलाई लिएर षड्यन्त्रको थ्योरीलाई खारेज गरिएको छ । तर, एजेन्सीले यो कुरा अस्वीकार गरेको छैन कि शायद कोरोनाभाइरस अन्जानमै वुहान ल्याबबाट लिक भएको हुन सक्छ । वुहान ल्याबमा संक्रामक रोगमाथि रिसर्च हुन्छ ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले त चीनसँग अपिल गरेका छन् कि उसले विदेशी विशेषज्ञलाई ल्याबमा जान देओस् । उनले चीनका अन्य ल्याबको सुरक्षामाथि पनि प्रश्न उठाएका छन् । यद्यपि चीन सरकारले यस्ता सबै आरोपलाई खारेज गरेको छ ।

कोरोनाभाइरसलाई लिएर दावी र प्रतिदावी भइरहेका छन् । दुवै देशबीच चलिरहेको ‘प्रोपोगाण्डा वार’को यो हिस्सा बनिसकेको छ । साथमा यसले अमेरिकाको हताशा पनि देखाउँछ कि चीन महामारीको सुरुवातको बारेमा ऊसँग तथ्यांक साझा गरिरहेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *