कोरोना संक्रमितको संख्या ५९ पुग्यो, शुक्रबार रुपन्देही र नेपालगञ्जमा भेटिए नयाँ संक्रमित

डिसी नेपाल
१९ वैशाख २०७७ १४:३८

काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५९ पुगेको छ । शुक्रबार रुपन्देहीमा १ जना र नेपालगञ्जमा एक जनामा संक्रमण देखिएको हो । रुपन्देहीमा २५ वर्षका पुरुष र नेपालगञ्जमा ६० वर्षका पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गरेको प्रेस नोटमा उल्लेख छ । नेपालमा हालसम्म संक्रमितमध्ये १६ जना उपचार गरेर घर फर्किसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *