कोरोना भ्याक्सिनः अक्सफोर्डसँग एस्ट्राजेनेकाको सहकार्य, यसवर्ष १० करोड डोज उत्पादन
काठमाडौं। विश्वकै ठूला मध्येको एक औषधी उत्पादक कम्पनी एस्ट्राजेनेकाले कोरोनाभाइरस भ्याक्सिनको विकास र उत्पादनमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग सहकार्य गर्ने भएको छ । मिररको समाचार अनुसार यो फार्मास्युटिकल कम्पनीले २०२० सालको अन्त्यसम्म १० करोड डोज भ्याक्सिन उत्पादन गर्ने लक्ष्य लिएको छ । अक्सफोर्ड विश्वविद्यालय मानवमा भ्याक्सिन परीक्षण सुरु गर्ने युरोपकै पहिलो भ्याक्सिन विकासकर्ता हो ।
बिहीबार अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाबीच सम्झौता भएको हो । अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर सर जोन बेलले यो सहकार्यलाई महामारीविरुद्धको संघर्षको प्रमुख कदम भनेका छन् । उनले भने ‘हामी बाँकी विश्वका देशहरु पनि यो भ्याक्सिन बनाउन तयारी अवस्थामा रहन् भन्ने चाहन्थ्यौं ताकि अल्पविकसित र विकाशील देशका जनतासम्म पनि यो भ्याक्सिन सहजै पुगोस् ।’ यो भ्याक्सिन क्लिनिकल ट्रायलमा गइसकेको छ र यसका नतिजा जूनसम्म आउनेछ ।
Facebook Comment