टेष्ट वरीयतामा भारतको दबदबा अन्त्य, अष्ट्रेलिया शीर्ष स्थानमा उक्लियो
एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जारी गरेको नयाँ टेष्ट र टी टि२० वरीयतामा अष्ट्रेलिया शीर्षस्थानमा उक्लिएको छ ।
आइसिसीले शुक्रबार जारी गरेको नयाँ टेष्ट वरियतामा अष्ट्रेलियाले भारतलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । त्यस्तै टि२० मा पनि अष्ट्रेलियाले पाकिस्तानलाई पछि पारेको छ ।
नयाँ टेष्ट वरियता अनुसार अष्ट्रेलिया २६ खेलमा १ सय १६ रेटिङका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको न्युजिल्यान्डको २१ खेलमा १ सय १५ रेटिङ छ । २७ खेलमा १ सय १४ रेटिङसहित भारत तेस्रो स्थानमा पुगेको छ । इंग्ल्यान्ड चौथो, श्रीलंका पाँचौ, दक्षिण अफ्रिका छैटौं, पाकिस्तान सातौं, वेस्ट इन्डिज आठौं, अफगानिस्तान नवौं र बंगलादेश १० औं स्थानमा छन् । जिम्बावे ११ र आयरल्यान्ड पुछारमा छ ।
भारत सन् २०१६ अक्टोबरपछि पहिलो पटक टेस्ट वरियताको शीर्ष स्थानबाट खस्किन पुगेको हो । यता ओडिआई वरियतामा इंग्ल्यान्ड पहिलो र भारत दोस्रो स्थानमा छन् । न्युजिल्यान्ड तेस्रो, दक्षिण अफ्रिका चौथो र अष्ट्रेलिया पाँचौ स्थानमा छ । नेपाल १६ औं स्थानमा रहेको छ । नेपालभन्दा पछि युएई १७, नामिबिया १८, अमरिका १९ र पप्पुवा न्युगिनी २० औं स्थानमा छन् ।
यता अष्ट्रेलिया टि२० आई वरियतामा पनि शीर्षस्थानमा उक्लिएको छ । २७ महिना देखी शीर्ष स्थानमा रहेको पाकिस्तानलाई पछि पार्दै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको हो । अष्ट्रेलियाको १९ खेलमा २ सय ७८ रेटिङ अकं छ । इंग्ल्यान्ड दोस्रो स्थानमा रहेको इंग्ल्यान्डको १७ खेलमा २ सय ६८ रेटिङ अंक छ ।
भारत तेस्रो, पाकिस्तान चौथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा छन् । न्युजिल्यान्ड छैटौं, श्रीलंका सातौं, बंगलादेश आठौं, वेस्ट इन्डिज नवौं र अफगानिस्तान १० औं स्थानमा छ । नेपाल भने १५ औं स्थानमा छ । नेपालको २३ खेलमा ४ हजार १ सय ४८ प्वाइन्ट र १ सय ८० रेटिङ अंक रहेको छ ।
POS | ||||
---|---|---|---|---|
1 | 26 | 3,028 | 116 | |
2 | 21 | 2,406 | 115 | |
3 | 27 | 3,085 | 114 | |
4 | 33 | 3,466 | 105 | |
5 | 27 | 2,454 | 91 | |
6 | 23 | 2,076 | 90 | |
7 | 16 | 1,372 | 86 | |
8 | 18 | 1,422 | 79 | |
9 | 3 | 170 | 57 | |
10 | 17 | 939 | 55 | |
11 | 8 | 144 | 18 | |
12 | 0 | 0 | 0 |
Facebook Comment