कुन राशिका लागि कति शुभ छ यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
मेष : गल्ती सच्याउनाले सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिकाको अवसर पुनस् प्राप्त भई टाडिएका साथीभाइहरू नजिकिनेछन ।
वृष : प्रेमिकाको समर्थनले सञ्चालित व्यवसाय उचाइ लिन थप धनको आवश्यक पर्नेछ । सामाजिक संघ–संस्थामा सेवा गर्दा सकेसम्म कम बोल्नु आफ्नो हितमा हुन्छ ।
मिथुन : व्यापार र व्यवसायमा परेको व्यायभारले गर्दा मानसिक पीडा हुनसक्छ, धैर्य गर्न सके उन्नतिका मार्ग भेटिनेछ ।
कर्कट : मन पराउनेबाट आएका प्रस्ताव स्वीकार गर्दा दुवैको कल्याण हुनेछ । तपाईंलाई प्रयोग गर्नेहरू भित्रभित्रै षड्यन्त्र गरिरहेका छन् ।
सिंह : सहयोगीका प्रस्तावलाई स्वीकार गर्दा फलिफाप नै हुनेछ । अभिभावकको सुझाव मुताविक कार्य गर्दा परिणाम प्राप्त गर्न सहज हुनेछ ।
कन्या : देखासिकी गर्नेहरू भित्रभित्रै डाह गर्न थाल्नेछन । सोच विचार नगरी आर्थिक सहयोग गर्ने बचन दिँदा प्रतिकूल परिस्थिति आइलाग्न सक्छ ।
तुला : सहयोगीका प्रस्तावहरूलाई स्वीकार गर्दा फाइदा नै हुनेछ । टाडाको साथीको सुझावलाई अनुशरण गर्दा आथिक संकट टार्न सकिनेछ ।
वृश्चिक : नयाँ अवसरसँगै सवारी साधन खरिद गर्ने सम्भावना टरेको छैन । स्वार्थी मित्रहरूले घेरा हाल्न सक्छन्, सकेसम्म उनीहरूबाट टाढै रहनुपर्नेछ ।
धनु : उच्च ओहोदाका सरकारी कर्मचारीलाई रज्यस्तरका महत्वपूर्ण जिम्मेवारी हात लाग्दा थप चुनौती सामना गर्नुपर्नेछ ।
मकर : सुमधुर पारिवारिक वातावरणले नयाँ कार्यको थालनीमा आर्कषक भई श्री गणेशको लागी तिथि मिति तय गरिनेछ ।
कुम्भ : पारिवारिक भेटघाटले रमाइलो पूर्वकदिनहरू बित्नेछन् । आफूले गरेको कार्यक्षेत्रमा बोझिलो कार्यभार आइलाग्न सक्छ ।
मीन : ठूला खाले आर्थिक कारोबार नगर्दा नै सुरक्षित भइनेछ । सहपाठी मित्रहरूको सुझाबबाट अधि बढिनेछ ।
Facebook Comment