१६ वर्षकी श्रीमतीलाई आफ्नै श्रीमानले जेठाजूको हातमा सुम्पिए, बलात्कार गर्न सहयोग गरे

डिसी नेपाल
२० वैशाख २०७७ १३:२५

धनगढी। कैलालीको गौरीगंगा नगरपालिकामा जबरजस्ती करणी गर्न खोज्ने जेठाजू र सघाउने श्रीमान पक्राउ परेका छन्। १६ वर्षीया श्रीमतीलाई जबरजस्ती करणी गर्न सघाएको भन्दै श्रीमानसहित करणी गर्ने खोज्ने जेठाजूविरूद्ध परेको उजुरीका आधारमा उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

जिस्काउने र संवेदनशिल अंग छुन खोज्ने जेठाजूले वैशाख १५ गते बेलुकी खाना खाई सकेपछि उनका श्रीमानलाई बिरालो मार्न जाऊ भनी घरबाट पठाइ राति साढे ११ बजेको समयमा जबरजस्ती करणी गर्न खोजेको भन्दै पीडित र माइती पक्षले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीको आधारमा प्रहरीले दुवैलाई पक्राउ गरेको हो।

उजुरीमा ती पीडितले घटना कसैलाई बताए आफूलाई मारिदिने समेत धम्की दिएको उल्लेख गरेकी छन्। ‘अर्को दिन फेरि श्रीमान र जेठाजु मिली कुटपिट गरेको र श्रीमान समेतले मलाई जेठाजूबाट जबरजस्ती करणी गराउन सहयोग गरेको हुँदा कारबाही गरी पाउँ’ भनी जाहेरी आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही जाहेरीको आधारमा श्रीमान र जेठाजूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । सोही घटनामा प्रहरीसँग कुरा मिलाई दिन्छु भन्दै ५० हजार घुससहित जिल्ला कैलाली गौरीगंगा नपा वडा नं. ११ बस्ने लक्ष्मी सामुदायिक वन उपभोक्ता समिति उदासीपुरका अध्यक्ष विर्ख धामीलाई अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय कञ्चनपुरले पक्राउ गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *