दुई अध्यक्षबीच विवाद बढ्दा निर्णायक हुने माधव नेपाल एक्लिएका हुन्?

डिसी नेपाल
२१ वैशाख २०७७ १२:०३

काठमाडौं। बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओली ‘निरीह’ देखिएका थिए। राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि विवादमा फस्दै गएका ओलीले आफूले राजीनामा दिनेसमेत बताएका थिए। तर आफूपछिको प्रधानमन्त्री उपाध्यक्ष बामदेव गौतम हुनुपर्ने उनको भनाइ थियो।

अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल आपसमा मिल्दा सचिवालयदेखि स्थायी कमिटी र केन्द्र्रीय कमिटीमा समेत ओली पक्ष अल्पमतमा परेको थियो। अझ संसदीय दलमा समेत प्रचण्ड–नेपाल पक्षले आफूहरुसँग स्पष्ट बहुमत रहेको बताएपछि ओली पक्ष रक्षात्मक अवस्थामा पुगेको थियो।

शनिबार बस्ने सचिवालय बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्ने भन्दै प्रचण्ड– नेपाल पक्षधर नेताहरुले नेतृत्वलाई दबाव दिइरहका थिए। तर राजनीतिक सधैं सिधा रेखामा मात्र नभइ वक्र देखामा पनि चल्छ भने झैं शनिबार सचिवालय बैठक बस्नु अगाडि नेकपा भित्रको विवादले नाटकीय मोड लिएपछि रक्षात्मक अवस्थामा पुगेका ओली एकाएक ‘शक्तिशाली’ भए।

र नेकपाभित्र निर्णायक मानिएका माधव नेपाल फेरि एक्लिएका छन्। माधव नेपाल जता मिल्छन् उतै बहुमत पुग्ने अवस्था भएका कारण नेपाल नेकपामा निर्णायक मानिन्छन्। र उनी बेला बेलामा ओली र प्रचण्डबाट प्रयोगसमेत हुँदै आएका छन्।

आफूलाई आवश्यक परेका बेला महत्व दिने र संगठनमा आफू शक्तिशाली भएका बेला कर्नरमा पार्ने गरिएका नेपाल एक पटक फेरि कर्नरमा परेका छन्। केपी ओलीले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने अडानमा रहेका नेता नेपाल सोमबार ओली र प्रचण्ड मिलेपछि फेरि एक्लिएका हुन्।

आफूलाई आवश्यक परेका बेला महत्व दिने र संगठनमा आफू शक्तिशाली भएका बेला कर्नरमा पार्ने गरिएका नेपाल एक पटक फेरि कर्नरमा परेका छन्। केपी ओलीले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने अडानमा रहेका नेता नेपाल सोमबार ओली र प्रचण्ड मिलेपछि फेरि एक्लिएका हुन्।

नेकपाभित्रको विवाद प्रधानमन्त्री ओलीले आत्मालोचना गर्दै सहमतिमा सरकार र पार्टी चलाउने सहमति भएपछि तत्कालका लागि टुंगिएको छ। ओलीबाट बारम्बार धोका पाएको निष्कर्ष निकालेका उपाध्यक्ष गौतम प्रचण्ड–नेपाल खेमामा समाहित भएपछि ओली रक्षात्मक बनेका थिए। तर ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि गौतम फेरि ओलीसँगै नजिकिए भने प्रचण्डसँग पनि ओलीले ‘लेनदेन’ गरेर सहमति गरेको चर्चा चल्न थालेको छ।

एकदिन अघिसम्म प्रधानमन्त्रीको राजीनामा माग्ने विषयमा आफूसँग सहमति गरेका प्रचण्ड शनिबारको सचिवालय बैठकमा एकाएक ओलीसँग मिलेपछि रुष्ट बनेका नेता नेपालले आफूले फेरि एकट धोका पाएको आफू निकट नेताहरुलाई बताएको एक नेताले बताए।

‘आफ्नो अनुकुल हुँदा एक्ल्याउने र प्रतिकुल अवस्थामा साथ खोज्ने प्रवृत्ति फेरि देखिएको छ। दुई अध्यक्ष मिलेर मात्र हुँदैन अब सबै विषय स्थायी कमिटीमा छलफल गर्नुपर्छ,’ नेता नेपालले आफू निकटसँग भन्ने गरेका छन्।   त्यसो त शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले नेपाललाई तेस्रोत अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए। तर नेता नेपालले उक्त प्रस्ताव अस्वीकार गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *