कोरोनाभाइरसः दक्षिण कोरियाको जुन रिपोर्टले संसार डराएको थियो, त्यो रिपोर्ट गलत निस्कियो
काठमाडौं। गएको अप्रिल महिनामा दक्षिण कोरियाका डाक्टरहरुले एउटा रिपोर्ट सार्वजनिक गरे । यो रिपोर्टमा एकपटक कोरोनाभाइरसको संक्रमण भएर निको भइसकेका बिरामी पुनः दोस्रो पटक संक्रमित भएको पाइएको थियो । यो रिपोर्टले पूरै विश्व डराएको थियो किनकि भाइरस संक्रमण भएर निको भएपनि पनि सुरक्षित महसुस गर्न नसकिने अवस्था थियो । तर, त्यो रिपोर्ट गलत भएको पाइएको छ ।
खासमा दोस्रो पटक पोजेटिभ देखिएका ती बिरामीहरु संक्रमित थिएनन् । कोरिया बायोमेडिकल रिभ्यूका अनुसार जाँचमा भएको प्राविधिक गडबडीका कारण उनीहरु दोस्रो पटक पोजेटिभ टेस्ट गरिएका थिए । दक्षिण कोरियामा दोस्रो पटक पोजेटिभ टेस्ट गरिएका २६३ जना प्राविधिक गडबडीका कारण पोजेटिभ पाइएको दक्षिण कोरियाको सेन्ट्रल क्लिनिकल कमिटी फर इमर्जिङ डिजिज कन्ट्रोलका प्रमुख म्योंग डनले बताएका छन् । उनका अनुसार पहिलेदेखि नै रहेका मृत ‘भाइरस फ्रेगमेन्ट’ डिटेक्ट भएका कारण उनीहरु संक्रमित देखिएका थिए ।
म्योंगका अनुसार होस्ट जीनलाई आक्रमण गरेर अव्यक्त चरण पार गरिसकेपछि भाइरसले पुनः आक्रमण गर्न सक्दैन त्यसैले भाइरस पुनः सक्रिय हुन सम्भव छैन । उनका अनुसार कोरोनाभाइरसका विषयमा हालै गरिएका परीक्षणमा यसविरुद्ध रोग प्रतिरोधि शक्ति विकसित भएपछि १ वर्षभन्दा बढी समयसम्म कायम रहने देखिएको छ त्यसैले त्यही व्यत्तिः पुनः संक्रमित हुन असम्भव छ ।
Facebook Comment