भिरबाट लडेर महिलाको मृत्यु

डिसी नेपाल
२१ वैशाख २०७७ १६:२१

ओखलढुङ्गा । भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–६ श्रीचौरकी ६१ वर्षीय धनमाया तामाङ घाँस काट्न जाँदा भिरबाट लडेर मृत्यु भएको हो ।

आज बिहान भिरबाट लडेकी तामाङलाई उद्धार गरेर स्थानीय पेशला पोलिक्लिनिकमा ल्याइएको र त्यहाँ उपचारका क्रममा मृत्यु भएको स्थानीय युवा शिवकुमार कार्कीले जानकारी दिए । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । मृतकको शव रुम्जाटार अस्पतालबाट शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *