नेपाल इन्जिनियरिङ कलेजद्धारा आफना विद्यार्थीलाई राहत वितरण

डिसी नेपाल
२१ वैशाख २०७७ १७:१७

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजले आफना विद्यार्थीलाई राहत वितरण गरेको छ । लकडाउनसँंगै समस्यामा परेका कलेज आसपासको चाँंगुनारायण नगरपालिका वडा नं १, २, ३ र ४ वडाहरुमा डेरा गरी बस्ने ५५ जना विद्यार्थीलाई खाद्यान्नलगायतका राहत सामाग्री वितरण गरिएको कलेजले जनाएको छ ।

स्थानीय जनप्रतिनिधि, प्रहरीप्रशासन, कलेज सञ्चालक समितिका पदाधिकारीहरुको संयुक्त पहलबाट ५५ जना विद्यार्थीलाई राहत सामाग्री वितरण गरिएको कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले बताए । स्नातक तहको इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई दुई महिनासम्म पुग्ने खाद्य सामाग्री राहतस्वरुप हस्तान्तरण गरेको उनले जानकारी गराए ।

उनका अनुसार प्रति विद्यार्थी साढे १२ किलोग्राम चामल, दुई थरीको दाल एकएक किलोग्राम, एक धार्नी आलु, एक प्याकेट नुन, एक लिटर तेल र एक प्याकेट गरम मसला वितरण गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *