कीर्तिपुरलाई सहयोग

डिसी नेपाल
२१ वैशाख २०७७ १७:२८

काठमाडौं । कीर्तिपुर नगरपालिकालाई नगद, स्वास्थ्य सामग्री र खाद्यपदार्थ सहयोग भएको छ । नगरपालिकाका विभिन्न संघसंस्था, सहकारी, विद्यालय, व्यक्ति तथा अन्य निकायबाट नगरपालिकाले स्थापना गरेको राहत कोषमा सहयोग आउने क्रम जारी रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका उपप्रमुख सरस्वती रिजालका अनुसार लकडाउनपछि हालसम्म राहत कोषमा रु उन्नाइस लाख १२ हजार ९५ नगद, आवश्यक स्वास्थ्य सामग्री र खाद्यपदार्थ जम्मा भएका छन् । विभिन्न संघसंस्थाबाट खाद्यपदार्थ (चामल, दाल, तेल, चिनी, नून, चिउरा), साबुन र स्वास्थ्य सामग्री (व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), पञ्जा, मास्क, चश्मा, सानो र ठूलो खालका बाल्टीन) लगायत सहयोग भएका छन् । प्रवक्ता रिजालका अनुसार उन्नाइस हजार ५५० किलो चामल, चालीस किलो चिउरा, एक हजार ५४३ किलो दाल, ८१० लिटर तेल, एक सय किलो नुन, बीस हजार ३९५ थान मास्क, नब्बे थान पिपिईलगायत सहयोग आएका छन् ।

नगरपालिकाले स्थापना गरेको राहत कोषमा नगरपालिका र विभिन्न निकायबाट सहयोग रकम हालसम्म रु एक करोड ६९ लाख १२ हजार ९५ जम्मा भएको छ । त्यसमा रु एक करोड ५० लाख नगरपालिकाले जम्मा गरेको हो । पहिलो चरणमा चार हजार एक सय घरपरिवार र एक हजार पाँच सय विद्यार्थीलाई राहत वितरण गरिएपछि पुनः दोस्रो चरणमा वितरणको तयारी गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *