स्वास्थ्य सामाग्रीको वितरण पारदर्शी : मन्त्री ढकाल

डिसी नेपाल
२१ वैशाख २०७७ २०:३८

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस रोकथाम र उपचारका लागि प्राप्त स्वास्थ्य सामाग्रीहरू पारदर्शीरूपमा वितरण भइरहेको जनाएका छन् ।

‘सेभ द चिल्ड्रेन’ले दिएको स्वास्थ्य सामाग्री आज मन्त्रालयमा आयोजित कार्यक्रममा ग्रहण गर्दै मन्त्री ढकालल कुन संस्थाले कति दिएको र कहाँकहाँ वितरण गरिएको भन्ने सबैले जानकारी लिनसक्ने गरी प्रबन्ध गरिएको बताएका हुन्।

मन्त्री ढकालले स्वास्थ्यकर्मीको अगुवाइमा कोरोनाविरूद्धको लडाइँ लडिरहेको भन्दै उनिहरूको मनोबल उच्च बनाउनुपर्ने बताउँदै अभावको समयमा विभिन्न संस्थाहरूले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई मनोबल बढाउन सहयोग पुगेको उल्लेख गरे ।

उनले ती सामग्रीले सरकारलाई स्वास्थ्य सेवा सुदृढीकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई कोरोनाको सङ्क्रमणबाट रोक्न सहयोग पुग्ने बताउँदै सरकार र नेपाली जनताको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा प्राप्त ऐक्यवद्धताका लागि आभार प्रकट गरे ।

सो अवसरमा सेभ द चिल्ड्रेनले पिपिइसहित १ हजार ७ सय ४३ सेट आदि सामग्री हस्तान्तरण गरेको थियो । सो संस्थाका अन्तरिम राष्ट्रिय निर्देशक बन्दना रिसालले थप सामग्री दिने तयारीसमेत रहेको जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *