के बैशाख २५ पछि काठमाडौंमा लकडाउन खुकुलो हुन्छ ? खुकुलो भएमा के–के खुल्नेछन् ?

डिसी नेपाल
२२ वैशाख २०७७ ८:५३

काठमाडौं। सरकारले गरेको देशव्यापी लकडाउनको डेढ महिनापछि अब लकडाउनको स्वरुपमा परिवर्तन गर्ने तयारी थालेको छ । यसका लागि सरकारले लकडाउनको मोडालिटी तयार गर्न निर्देशन दिएको थियो । सरकारको निर्देशनअनुसार लकडाउनको मोडालिटी तयार गर्ने जिम्मेवारी पाएको समितिले देशका विभिन्न क्षेत्रलाई रेड, यल्लो र ग्रीन जोनमा विभाजन गरी सोही अनुसार लकडाउनको प्रमृति निर्धारण गर्न सिफारिस गर्ने तयारी गरेको छ ।

कोरोना भाइरसको जोखिम नरहेको क्षेत्रलाई ग्रिन जोन, जोखिम कम हुँदै गएको क्षेत्रलाई येल्लो जोन र संकट पूर्ण क्षेत्रलाई रेड जोन मानेर त्यसअनुसार कहाँ कहाँ लकडाउन खुकुलो बनाउने भन्ने तय हुनेछ । यसअनुसार काठमाडौं उपत्यकामा लकडाउन खुकुलो हुन सक्ने देखिएको छ । रकारले पनि राजधानीका भिडभाडयुक्त र जोखिमपूर्ण क्षेत्रबाहेक अन्यलाई विस्तारै संचालनमा ल्याउने तयारी गरेको बताइएको छ । उपत्यकाभित्र केही खुकुलो हुने भए पनि बाहिरबाट उपत्यका प्रवेशमा भने झनै कडाइ गरिनेछ ।

काठमाडौँ उपत्यकामा हालसम्म भेटिएका संक्रमितहरु सबै निको भइसकेका छन् । भएका संक्रमित निको भइसकेको र नयाँ नथपिएको अवस्थामा उपत्यकामा ‘एक्टिभ केस’ एउटा पनि छैनन् । एक्सिटभ केस नभएको अवस्थामा यहाँ भविष्यमा संक्रमण हुन नदिने सावधानीसहित लकडाउन खुकुलो बनाइने छ । होटल, रेस्टुरेन्ट, क्लब,शैक्षिक संस्था, सार्वजनिक यातायात संचालन हुने छैनन् ।सरकारी कार्यालय, उद्योग कलकारखाना, निजी सवारी साधन, निजी कम्पनीहरुमा भने निश्चित शर्तसहित लकडाउन खुकुलो पार्न सकिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *