कोरोनाभाइरसः चीनको शंकास्पद ल्याबले कैयौं फोटो हटायो, फोटोमा के थियो र किन हटाइयो ?
काठमाडौं। कोरोनाभाइरस लिक गरेको विषयमा शंकास्पद मानिएको चीनको वुहानथित एक प्रयोगशालाले आफ्नो वेबसाइटबाट कैयौं फोटोहरु हटाएको छ । चीनको वुहानस्थित वुहाल इन्ष्टिच्युट अफ भाइरोलोजीले यी फोटोहरु हटाएको हो । यी फोटोहरुमा प्रयोगशालाका कर्मचारीहरुले पर्याप्त सुरक्षात्मक उपायहरुको अबलम्बन गरेको देखिएको डेलीमेलको रिपोर्टमा दावी गरिएको छ । फोटोमा वैज्ञानिक तथा ल्याबका कर्मचारीहरुले चमेराको नमूनाहरु संकलन र परीक्षणको काम गरिरहेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित विश्वका कैयौं नेताहरु कोरोनाभाइरस फैलाएको विषयमा चीनमाथि प्रश्न उठाइरहेका छन् । अमेरिकी अधिकारीहरुले यस विषयमा जाँच पनि सुरु गरिसकेका छन् । रिपोर्टका अनुसार गत महिना वुकान इन्स्टिच्युट अफ भाइरोलोजीले यस्ता कैयौं फोटो डिलिट गर्यो जसमा वैज्ञानिकहरु चीनको प्रयोगशालामा काम गरिरहेका देखिएका थिए । यतिमात्र होइन प्रयोगशालामा अमेरिकी कूटनीतिज्ञको अवलोकनसँग सम्बनिधत जानकारी पनि सम्पादन गरिएको छ ।
चीनमा चमेरामा पाइने कोरोनाभाइरसमाथि भइरहेको प्रयोगका विषयमा अमेरिकी कूटनीतिज्ञले चेतावनी दिएका थिए । यसै हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफूले केही खुफिया दस्तावेज हेरेको र यसको आधारमा आफूलाई विश्वव्यापी महामारी बनिसकेको यो भाइरसको उद्गमस्थल वुहानको इन्स्टिच्युट नै भएको विश्वास भएको बताएका थिए ।
वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको वेबसाइटको एक पेजमा चमेराबाट कोरोनाभाइरसको नमूना लिनको लागि स्टाफहरु गुफामा गइरहेको देखाइएको थियो । यस क्रममा स्टाफहरुसँग सुरक्षात्मक उपकरणहरु निकै कम थिए । गत महिना डेलीमेलको एक रिपोर्टमा दावी गरिएको थियो कि इन्स्टिच्युटको ल्याबमा भएका फ्रिजमा भाइरस राखिएका थिए । यीमध्ये एक फ्रिजको सील टुटेको फोटोमा देखिएको थियो ।
Facebook Comment