स्टार होटलहरु असोजसम्म बन्द, कर्मचारीलाई १२.५ प्रतिशतमात्र तलव

डिसी नेपाल
२२ वैशाख २०७७ ११:११

काठमाडौं । काठमाडौंका सबै स्टार होटलहरु आगामी असोजसम्मका लागि बन्द भएका छन्। कोरोनाका कारण पर्यटकको चहलपहल हुने अवस्था नभएको भन्दै होटल संघ नेपालको बैठकले आगामी ६ काठमाडौंका तारे होटल बन्दको निर्णय गरेको हो।

‘कोभिड १९ को प्रकोपको असर तथा प्रभावले गर्दा नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण पर्यटन उद्योगमा दूरगामी नकारात्मक प्रभाव रही रहने तथा कमसेकम आगामी एक वर्षसम्म पर्यटन उद्योग सुचारु रुपमा चल्न नसक्ने भएकाले बैशाख एक गतेदेखि आगामी ६ महनिा सम्पूर्ण होटल व्यवसाय बन्द गर्ने सहमति गरियो’ संघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसैगरी संघले बन्द हुँदाको अवधिमा कर्मचारीलाई आधारभूत तलबको साढे १२ प्रतिशतका दरले मात्रै भुुक्तानी दिने निर्णय गरेका छन्। यस निर्णयमा होटलले श्रमिक युनियन असहमत भएमा श्रम ऐन अनुसार प्रक्रिया पुर्याएर आंशिक वा पूर्ण रूपमा कर्मचारी कटौती गर्ने निर्णय संघले गरेको छ। संघले सरकारलाई जब रिटेन्सन फण्ड स्थापना गरी त्यसमार्फत होटल कर्मचारीलाई राहत दिन समेत सरकारसँग माग गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *