१४ वर्षकी छोरीलाई निद्राको औषधी खुवाएर आफ्ना प्रेमीबाट बलात्कार गराउने आमा पक्राउ
काठमाडौं। आफ्नी १४ वर्षकी छोरीलाई एक आमाले रातमा निद्राको औषधी खुवाउँथिन् त्यसपछि आफ्ना प्रेमी बोलाएर रोतीलाई बलात्कार गराउँथिन् । यो सिलसिला करिब एक वर्षसम्म चल्यो । घटना भारतको पंजाबको होशियारपुर जिल्लाको भएको आज तकको समाचारमा जनाइएको छ । किशोरीले पुलिसमा उजुरी गरेपछि पुलिसले आरोपी आमा र उनका प्रेमी अमरजीतलाई पक्राउ गरेको छ ।
किशोरीका अनुसार उनकी आमाको अमरजीत सिंहसँग सम्बन्ध थियो । उनका पिता मजदूरीका लागि घरबाहिर गएपछि अमरजीत घरमा आउँथे । कैयौं पटक आमा पनि अमरजीतलाई भेट्न जान्थिन् । एक–दुई पटक आमाले उनलाई पनि साथमा लिएर अमरजीतलाई भेट्न गएकी थिइन् । त्यतिबेला अमरजीतले उनीसँग पनि अश्लील हर्कत गरेका थिए । उनले यसको विरोध गर्दा आमाले धम्क्याएर चुप गराएकी थिइन् ।
किशोरीका अनुसार त्यसपछि आमाले उनलाई निद्राको औषधी खुवाउन सुरु गरिन् र अमरजीतबाट बलात्कार गराइन् । जब केही शारीरिक समस्या आयो, आमाले फेरि धम्क्याएर चुप गराइन् । अमरजीत एक वर्षदेखि उनलाई बलात्कार गरिरहेका थिए । एक रात उनले खाना खाइनन् र पितालाई सबै कुरा बताइन् ।
छोरीले सबै कुरा बताएपछि पिताले गढशंकर पुलिस चौकीमा उजुरी दिए । पुलिसले नाबालिग किशोरीको बयानका आधारमा उनकी आमा र उनका प्रेमीलाई शुक्रबार पक्राउ गरेको छ । गढशंकर थानाका इन्स्पेक्टर इकबाल सिंहले जानकारी दिँदै किशोरीको उजुरीका आधारमा मुद्दा दर्ता गरेर दुवैलाई गिरफ्तार गरी जेल पठाइएको बताए ।
Facebook Comment