कोरोना भ्याक्सिन बनाइरहेका विश्वविद्यालयमा रुस र इरानको आक्रमण, ‘सिक्रेट’ चोरीको कोसिस

डिसी नेपाल
२२ वैशाख २०७७ १४:१९

काठमाडौं। बेलायत, अमेरिका लगायतका देशहरु छिटोभन्दा छिटो कोरानाभाइरको भ्याक्सिन तयार गर्ने प्रयासमा जुटिरहेका छन् । यही बीचमा केही देशले भने भ्याक्स्निको सिक्रेट चोरीको कोसिस गरेको पाइएको छ । डेलीमेलको रिपोर्ट अनुसार कोरोनाभाइरसको भ्याक्सिन विकसित गर्ने काम गरिरहेका बेलायती इन्स्टिच्युटमा इरानबाट साइबर आक्रमण गरिएको छ । यसका साथै रुसी ह्याकरले पनि यस्तो कोसिस गरेका छन् ।

यद्यपि बेलायती इन्स्टिच्युटमा गरिएको साइबर आक्रमण सफल नभएको बताइएको छ । इरान कोरोनाभाइरसबाट अत्यन्तै प्रभावित छ । यहाँ कम्तीमा ९७ हजार मानिसहरु कोरोनाभाइरसबाट संक्रमित भएका छन् । ६ हजार २ सयभन्दा धेरैको यो भाइरसका कारण मृत्यु भइसकेको छ । इरानमाथि मृत्युको संख्या घटाएर देखाएको आरोप पनि लागेको छ ।

डेलीमेलका अनुसार बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टरले भनेको छ कि कोरोनाँग सम्बन्धित विशेषज्ञ र इन्स्टिच्युटमा साइबर आक्रमणका घटना बढेका छन् । सेन्टर साइबर आक्रमणसँग लड्न २४ घण्टा काम गरिरहेको छ । इरान र रुसबाट ह्याकरहरुले भाइरसमा अध्ययन गरिरहेका व्यक्तिहरुका इमेल र सर्भर ह्याक गर्ने कोसिस गरेका हुन् ।

एक विशेषज्ञले उनीहरु कोरोनाभाइरससँग सम्बन्धित जानकारी चोरी गर्ने कोसिस गरिरहेको जस्तो देखिएको बताए । सुरक्षा मामिलाका एक जानकारका अनुसार इन्टेलेक्चुअल प्रोपर्टीको चोरीको मामिलामा देश र गम्भीर अपराधको भीच लाइन धमिलो हुन्छ । गत हप्ता अमेरिकामा पनि साइबर आक्रमणको यस्तै कोसिस गरिएको थियो ।

अभमेरिकाको नेशनल काउन्टर इन्टेलिजेन्स एण्ड सेक्युरिटी सेन्टरका निर्देशक बिल इभानिनाले अमेरिका सरकारले सबै मेडिकल रिसर्च संस्थाहरुलाई खतराको बारेमा चेतावनी दिएको बताएकी थिइन् । साइबर आक्रमणको विषयमा बेलायतको डिफेन्स कमिटीका अध्यक्ष टोबायर एलवुडले बेलायत उचित तरिकाले जवाफी आक्रमण गर्न पछि हट्न नहुने भनेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *