सांसद डा. सुरेन्द्र यादव ‘अहपरण’ काण्ड : सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता
काठमाडौं। जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफूलाई अहपरण गरेको भन्दै सरकारी वकिलको कार्यालयमा अहपरणको मुद्दा दर्ता गराएका छन्।
सरकारी वकीलको कार्यालयले डा. यादवले दर्ता गराएको अपहरणको मुद्दा आज दर्ता गरेको हो। नेकपा सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दिन गत सोममबार अपहरणको पीडित सांसद डा. सुरेन्द्र यादव र जनता समाजवादीका नेताहरु वकिल कार्यालय पुगेका थिए।
यसअघि वकिलको कार्यालयले मुद्दा दर्ता गर्न समय मागेको थियो। मानव अधिकार आयोगको पत्र र दबाबपछि मात्रै मुद्दा दर्ता भएको अधिवक्ता दिनेश त्रिपाटीले बताए। यसअघि उनीहरुले महानगरीय प्रहरी परिसरमा अपहरण तथा शरीर बन्धकको मुद्दा जाहेरी दिन गएका थिए।
तर प्रहरीले जाहेरी लिन अस्वीकार गरेको थियो। सांसद यादवले यसअघि राष्ट्रिय मानव अधिकार आयोगमा भने उजुरी दर्ता गराएका थिए। उनले आफूलाई महोत्तरीबाट नेकपा सांसदद्वय बस्नेत र श्रेष्ठ अनि पूर्व आईजीपी खनालले अहपरण गरेको दाबी गर्दै आएका छन्।
Facebook Comment