अन्लाईन कक्षाका नाममा शुल्क नलिन शिक्षामन्त्रालयको निर्देशन

डिसी नेपाल
२२ वैशाख २०७७ २०:२५

काठमडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अन्लाइन कक्षा संचालन गर्ने नाममा कुनै पनि शुल्क नलिन सम्पूण शिक्षण संस्थाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयमा सोमबार भएको मन्त्री स्तरीय निर्णय अनुसार अर्को निर्णय नभएसम्म नयाँ शैक्षिक सत्रका लागि कुनै पनि विद्यालयको भर्ना र कक्षागत पठनपाठन नगर्न र नगराउन निर्देशन दिएको छ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि लकडाउन जारी रहेकाले सरकारले शिक्षण संस्थाहरुमा पठनपाठन बन्द गराएको छ भने स्वयंसेवीरुपमा अनलाइन शिक्षालाई प्राथमिकता दिइँदै आएको छ ।

कतिपय विद्यालयले आफूखुशी भर्ना शुरु गरेको र अनलाइन कक्षाका नाममा बैँक खातामा अभिभावकबाट रकम लिन थालेको पाइएकाले आज मन्त्रालयले विज्ञप्ति जारी गरी त्यस्तो कार्य नगर्न आग्रह गरेको हो । मन्त्रालयले स्थगन भएको माध्यमिक शिक्षा परीक्षा कक्षा १०, ११ १२ का सम्बन्धमा वस्तुस्थितिको विश्लेषण भइरहेकाले हाल कुनै निर्णय नभएको पनि स्पष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा निजी (संस्थागत) विद्यालयले आवास शुल्क बाहेक एक महिनाको अन्य शुल्क छुट दिन यसअघि मन्त्रिपरिषद्ले गरेको निर्णयको कार्यान्वयनका लागि पनि स्मरण गराइको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *