नेकपाका नेता रायमाझीको निधन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बुद्धिबहादुर रायमाझीको फोक्सोको अर्बुदरोगका कारण निधन भएको छ।
आज दिउँसो ३ बजे उपचारका क्रममा काठमाडौँमा उनको निधन भएको हो । नेपाली कम्युनिष्ट आन्दोलनका क्रममा १४ वर्ष कारागार जीवन बिताएका रायमाझी लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए ।
रायमाझीले सन्धिखर्कको भगवती माविमा लामो समय प्राध्यापन पेशामा रहेका थिए ।
चर्चित हर्रेबर्रे काण्डका अगुवा रायमाझी तत्कालीन नेकपा (एमाले)केन्द्रीय स्कूल विभाग सदस्य थिए ।
उनी पछिल्लो समय प्रगतिशील लेखक संघ जिल्ला अध्यक्षलगायत धेरै संघसंस्थामा आबद्ध रहेका थिए । रायमाझीका श्रीमती र दुई छोराछोरी छन् ।
प्रतिक्रिया
Facebook Comment