हेल्प नेपालद्वार स्वास्थ्य सामाग्री हस्तान्तरण

डिसी नेपाल
२३ वैशाख २०७७ १०:२३

काठमाडौं। समाज सेवाका क्षेत्रमा सक्रिय संस्था हेल्प नेपाल नेटवर्कले अहिलेको विषम परिस्थितिमा विभिन्न स्थानमा सहयोग गर्ने क्रमलाई निरन्तरता दिँदै आएको छ।

हेल्प नेपालले केही दिन अगाडि मात्रै नेपाल मेडिकल एसोसिएसनलाई चिकित्साकर्मीहरुको प्रयोजनका लागि आवश्यक मानिसएको पीपीई हस्तान्तरण गरेको छ। उक्त पीपीई आवस्यकता हेरी कोरोना परिक्षण एवम् सोको उपचारमा संलग्न अग्रपंक्तिमा रहँदै कार्यरत रहेका चिकित्सकहरूलाई वितरण गरिने जानकारी गराइएको छ।

त्यसै गरी नेटवर्कले पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँंपालिकाको वडा नं ५ महुवनमा दलित अधिकार समाज, पर्सासंगको सहकार्यमा श्रमिकहरूलाई विभिन्न राहत सामग्री वितरण गरेको छ।

त्यस्तै जनकपुर उप–महानगरपालिकाको वडा नंं ८ मा पनि विभिन्न राहत सामग्रहरू वितरण गरेको हेल्प नेपालले जानकारी गराएको छ । हेल्थ नेपाल नेटवर्कले संचालनमा ल्याएको मुगु जिल्लास्थित मुर्मा हेल्थ पोस्टमा सरकारसंगको सहकार्यमा नियमित स्वास्थ्य परिक्षणको कामलाई अगाडि बढाएको बताएको छ।

रारा छायानाथ नगरपालिका वडा नंं ९, मुर्मामा रहेको हेल्थ डेस्क सञ्चालनमा ल्याउँदै स्थानीयको उपचारलाई तीव्रता दिएको हो। उक्त हेल्थ डेस्क सञ्चालनका लागि रारा छायानाथ नगरपालिका वडा नं. ९ का अध्यक्ष मणिचन्द्र रोकायाले कोरोना संक्रमणको सम्भावित जोखिम न्यूनिकरणका लागि आवश्यक सामाग्री स्वास्थ्यकर्मीहरूलाई हस्तान्तरण गरिएको बताइएको छ ।

उक्त स्वास्थ्य चौकीको हेल्थ डेस्क, हेल्प नेपाल नेटवर्कबाट ४ र रारा छायानाथ नगरपालिकाबाट ३ जना कर्मचारी परिचालन गरि सञ्चालनमा ल्याइएको हेल्थपोष्ट सञ्चालक समितिका अध्यक्ष विर्खबहादुर रोकायले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *