पत्रकारहरुलाई प्रेस ज्याकेट, पञ्जा र मास्क हस्तान्तरण

डिसी नेपाल
२३ वैशाख २०७७ १५:५७

काठमाण्डौ । काठमाण्डौका उत्साही युवा व्यवसायीहरुले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणको अभियानमा क्रियाशील सञ्चारकर्मीहरुका लागि आवश्यक प्रेस ज्याकेट, पञ्जा र माक्स नेपाल पत्रकार महासंघको एशोशियट शाखा नेपाल पत्रकार मञ्चलाई आज हस्तान्तरण गरेका छन् ।

पिङ्गु सेरावगी, रवि अग्रवाल लगायतका युवा व्यवसायीहरुले नेपाल पत्रकार मञ्चलाई ५० थान प्रेस ज्याकेट, २ सय थान पञ्जा र ५ सय थान माक्स नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीलाई हस्तान्तरण गरेका हुन् ।

उक्त सामग्री विभिन्न सञ्चार माध्यममा क्रियाशील नेपाल पत्रकार मञ्चका सदस्यहरुलाई वितरण गरिने नेपाल पत्रकार मञ्चका महासचिव विमलकुमार थापाले बताए ।

‘अत्यन्तै जोखिमपूर्ण अवस्थामा नाागरिकलाई सुसूचित गर्ने काममा अहोरात्र खटिने पत्रकारहरुका लागि आवश्यक पर्ने सामग्री उपलब्ध गराएकोमा युवा समाजसेवीहरुप्रति मञ्चका तर्फबाट हामी आभार प्रकट गर्दछौं,’ मञ्चका अध्यक्ष युवराज विद्रोहीले भने, ‘आगामी दिनमा पनि यस्तै सामाजिक कार्य गर्ने विभिन्न निकायसँग सहकार्य गर्नेछौ ।’

यस्तै युवा व्यवसायी तथा समाजसेवी पिङ्गु सेरावगीले यस्तो जटिल परिस्थितिमा पनि अहोरात्र खटिएर आम नागरिकहरुलाई सुसूचित गर्ने कार्यमा क्रियाशील पत्रकारहरुलाई आफूहरुले सहयोग गर्न पाएकोमा खुशी लागेको बताए ।

सो सामग्रीहरु विभिन्न सञ्चार माध्यममा क्रियाशील नेपाल पत्रकार मञ्चका सदस्यहरुलाई वितरण गरिएको छ ।

तस्बीर : रमण मानन्धर/डिसी नेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *