झलनाथ खनालसँग प्रधानमन्त्रीको छुट्टै भेट

डिसी नेपाल
२३ वैशाख २०७७ १८:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई आज बालुवाटार बोलाएर छुट्टै कुराकानी गरेका छन् । खनाल प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनै पर्ने अडान राख्ने मध्यका नेता हुन् ।

यसअघि, प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वालुवाटारमै भेटघाट गरेका थिए ।

आसन्न स्थायी कमिटी बैठकका बारेमा छलफल गर्न र पार्टीभित्रको मनमुटावलाई कम गर्नका लागि प्रधानमन्त्रीले नेताहरुसँग भेटघाट तीब्र बनाएका छन् ।

मंगलबार बिहान प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्डसँग भेट गरेपछि दिउसो पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग भेटघाट गरेका हुन् । भेटमा पूर्वप्रधानमन्त्री खनालले पार्टीको निर्णयलाई नै सर्वोपरी ठानेर काम गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

‘पार्टीलाई कसरी एकढिक्का बनाएर अगाडी बढ्न सकिन्छ भन्नेबारे प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबीच घनिभुत छलफल भयो’ स्रोतले डिसी नेपाललाई भन्यो, ‘पार्टीको निर्णयलाई नै सर्वोपरी मानेर अगाडी बढ्नुस् भनेर पूर्व प्रधानमन्त्रीले सुझाव पनि दिनुभएको छ, विशेषतः उहाँहरुको छलफल पार्टीलाई एकढिक्का बनाएर अगाडी लैजाने कुरमा केन्द्रीत भएको थियो।’

यसअघि, नेकपा भित्र प्रधानमन्त्री ओलीले पार्टीको निणर्य अनुसार चल्न नसकेका कारण पार्टी जनस्तरमा बदनाम भयो भन्ने विषयमा मतभेद भएको थियो । साथै असन्तुष्ट पक्षले प्रधानमन्त्री ओलीको राजीनामाको समेत माग गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *