२० दिनपछि देखिएका किम जोंग उन नक्कली ! सक्कली जीवित छन् कि छैनन् ?
काठमाडौं। लामो समयसम्म सार्वजनिक रुपमा नदेखिएका उत्तर कोरियाली सर्वोच्च किम जोंग उनको बारेमा विभिन्न हल्लाहरु चल्न थालेपछि उत्तर कोरियाली सरकारी मिडियाले २० दिनपछि केही फोटो र भिडियो जारी गर्यो । यी फोटोले किम स्वस्थ र जीवित भएको पुष्टि गरे पनि केही आलोचकहरुले भने २० दिनपछि सार्वजनिक रुपमा देखिएका किम नक्कली भएको दावी गरेका छन् । इन्टरनेशनल बिजनेस टाइम्सका अनुसार आलोचकहरुले किम जोंग उनलाई सार्वजनिक रुपमा देखाउन उनको ‘बडी डबल’ प्रयोग गरिएको दावी गरेका छन् ।
उत्तर कोरियाका संस्थापक तथा आफ्ना हजुरबुवा किम इल सुंगको जयन्तिमा किम उपस्थित नभएपछि विदेशी मिडियाहरुले उनको स्वास्थ्यको विषयमा विभिन्न दावीसहित समाचार लेखेका थिए । केहीले उनको स्वास्थ्य गम्भीर भएको दावी गरे भने केही मिडिया आउटलेटमा त उनको मृत्यु भइसकेको समाचार समेत आए । केहीले उनको मुटुको शल्यक्रिया गरिएपछि उनी शाकाहारी अवस्थामा रहेको रिपोर्ट प्रकाशित गरेका थिए ।
Is the Kim Jong-un appearing on May 1 the real one? 4 things to watch: 1. Teeth 2. Ears 3. Hair 4. Sister 金正恩露面被疑替身 網友提出4個理由. 1. 牙齒明顯不同 2 耳朵形狀不同 3 神情和頭髮 4 妹妹年輕了十歲 pic.twitter.com/ngKIyNtPpT
— Jennifer Zeng 曾錚 (@jenniferatntd) May 2, 2020
किम सार्वजनिक रुपमा नदेखिएपछिको समयमा उत्तर कोरियाली मिडियाले उनका गतिविधिको बारेमा निरन्तर खबरहरु अपडेट गरिरहेको थियो ताकि बाहिरी विश्वले उनी स्वस्थ र सक्रिय रहेको विश्वास गरोस् तर उसले यसको पुष्टी गर्ने कुनै फोटो वा भिडियो सार्वजनिक गरेको थिएन । गएको शनिबार मात्र उत्तर कोरियाली सरकारी मिडिया केसीएनएले किमको सार्वजनिक कार्यक्रममा सहभागिता जनाउँदै गरेको भिडियो फुटेज र फोटो जारी गरेको थियो । यो कार्यक्रम मे १ मा प्योंगयांगमा भएको थियो ।
More of old and new photos “Kim Jong-un” to compare. 更多「金正恩」新老照片對比。 pic.twitter.com/zvaMlUpTcP
— Jennifer Zeng 曾錚 (@jenniferatntd) May 2, 2020
तर, किमका यी भिडियो र फोटो जारी भएसँगै इन्टरनेटमा सामाजिक संजालमा सक्रिय युजरहरुले किमको पहिलेको र अहिलेको तस्वीरमा फरकहरु केलाउन सुरु गरे । उनीहरुले किमको अनुहार, दाँत, हेयरस्टाइल लगायत शरीरका अन्य भागहरुमा पनि फरक खोज्न थाले । किमका पहिलेका तस्वीर र अहिलेका तस्वीरमा फरक औंल्याउँदै उनीहरुले पछिल्लो समय सार्वजनिक रुपमा उपस्थित भएका व्यक्ति किम नभइ उनको बडी डबल भएको दावी गर्न थालेका छन् ।
मानव अधिकार कार्यकर्ता जेनिफर जेंगले सबैभन्दा पहिले किमको पहिलेको लुक र अहिलेको लुकमा फरक औंल्याएकी थिइन् । उनले किमका दुई ‘भर्सन’मा दाँत र कानमा फरक औंल्याएकी थिइन् । ‘के मे १ मा सार्वजनिक रुपमा देखिएका किम जोंग उन सक्कली हुन् ?’ उनले ट्वीटरमा लेखेकी छिन् । उनले यसँगै ट्वीटरमा किमको पहिलेको र अहिलेको रुपमा देखिएका फरकहरु औंल्याउने फोटोहरु पोस्ट गरेकी छिन् ।
Facebook Comment