मेक्सिकोमा कोरोनाको संक्रमणबाट एकैदिन १९७ जनाको मृत्यु

डिसी नेपाल
२५ वैशाख २०७७ १२:००

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर प्रको बढी रहेको छ ।

विश्वका २१२ देशमा फैलिएको कोरोना भाइरसको स.क्रमणबाट हालसम्म २ लाख ६५ हजार ८४ जनाको मृत्यु भइसेको छ।

१३ लाख २ हजार ९९५ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै ३८ लाख २२ हजार ९५१ जनालाई संक्रमण भएको छ भने ४८ हजार २०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

लामो समयदेखि कोरोना भाइरससको संक्रमणको केन्द्रबिन्दू बनेको अमेरिकाको छिमेकी मुलुक मेक्सिकोमा पनि कोरोनाको प्रभाव बढेको छ।

मेक्सिकोमा पछिल्ले २४ घण्टामा मात्रै १९७ जनाको मृत्यु भएको छ । एकै दिन १ हजार ६०९ जना नयाँ संक्रमित थपिएका छन्।

मेक्सिकोमा यो समाचार तयार पार्दासम्म २ हजार ७०४ जनाको मृत्यु भईसकेको छ भने २७ हजार ६३४ जना कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये मेक्सिकोमा ३७८ जनाको अवस्था गम्भीर छ ।

अघिल्लो दिन मेक्सिकोमा २३६ जनाको मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *