भारतमा उद्योगबाट ग्यास चुहावट हुँदा ८ जनाको मृत्यु, सयौँ बिरामी

डिसी नेपाल
२५ वैशाख २०७७ १२:१५

बीबीसी । आन्ध्र प्रदेशको विशाखापटनममा एउटा रासायनिक उद्योगमा ग्यास चुहिँदा अहिलेसम्म आठ जनाको ज्यान गएको र सयौँ अरू बिरामी परेका छन्।

डाक्टरहरूले सयौँ’ मानिसहरूलाई अस्पताल लगिएको बताएका छन्। प्रभावित धेरैले आँखा पोलेको र सास फेर्न गाह्रो भएको बताएका छन्। नीय समय अनुसार बिहान ३ बजे पोलिमर फ्याक्ट्रीमा दुर्घटना भएको थियो। बीबीसी हिन्दीका अनुसार ८० जनाभन्दा बढीलाई भेन्टीलेटरमा राखिएको छ।

स्टाइरिन ग्यास चुहावट

आन्ध्र प्रदेश प्रदूषण नियन्त्रण बोर्डका वरिष्ठ अधिकारी राजेन्द्र रेड्डीले बीबीसी तेलुगुका सतिश बल्लालाई बताएअनुसार चुहिएको ग्यास स्टाइरिन हो। यो ग्यास सामान्यत: रेफ्रिजिरेटरमा राख्ने गरिन्छ।

कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै लगाइएको लकडाउनका कारण २४ मार्चपछि पहिलो पटक यो उद्योग खोलिएका बेला दुर्घटना भएको जनाइएको छ। अधिकारीहरूले दुर्घटनाको कारण थाहा नभएको र अनुसन्धान भइरहेको बताएका छन्। ग्यास फैलिएपछि स्थानीय बासिन्दा आत्तिँदै घर बाहिर भागदौड गरेका थिए।

ग्यासको धुवाँ तीन किलोमिटर वरिपरि फैलिएको र प्रभावित क्षेत्रबाट मानिसहरूको उद्धार थालिएको छ। एकजना वरिष्ठ जिल्ला अधिकारीले बीबीसीलाई बताए अनुसार ग्यास चुहावट रोक्ने प्रयत्न सफल हुन सकेको छैन। तर स्थानीय समाचार एजेन्सीहरूले अहिले परिस्थिति नियन्त्रणमा रहेको जनाएका छन्। अधिकारीहरूले मानिसहरूलाई भिजेको कपडाले आफ्नो अनुहार छोपेर आफूलाई सुरक्षित पार्न भनेका छन्।

इतिहास

भारतमा पटक पटक यस किसिमका ग्यास चुहावटका दुर्घटना हुने गरेको इतिहास छ। सन् १८८४ मा भोपालमा भएको रासायनिक पदार्थ चुहावटका कारण हजारौँ मानिसको ज्यान गएको थियो। त्यसलाई संसारकै ठूलो औद्योगिक दुर्घटना भन्ने गरिएको छ। दुर्घटना भएको ३५ वर्षपछि पनि त्यहाँ अझै सोही दुर्घटनाको असरका कारण अपाङ्गता भएका बच्चाहरू जन्मिने गरेको पीडितहरूले बताउने गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *