कोरोनाभाइरसः चीन र अस्ट्रेलियाबीच भिडन्तको संकेत
काठमाडौं। कोरोना महामारीको विषयमा अब चीनमाथि अस्ट्रेलिया आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ । अस्ट्रेलियाली मिडियामा फाइभ आइज इन्टेलिजेन्सको एक डेजियर छापिएको छ जसमा बेइजिङले कोभिड १९ को सुरुवाती चरणमा जानकारी लुकाएको दावी गरिएको छ । यसलाई लिएर चीनको तर्फबाट पनि तीखो र कडा प्रतिक्रिया आएको छ ।
द फाइभ आइज नेटवर्क ५ देशको इन्टेलिजेन्सको गठबनधन हाृ जसमा अस्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, बेलायत र अमेरिका छन् । द फाइभ आइज नेटवर्कले आफ्नो रिपोर्टमा वुहानबाट पूरै विश्वमा कोरोनाभाइरस फैलिएको विषयमा जाँच गरेको बताएको छ । १५ पेजको लिक भएको डेजियरमा भनिएको छ कि चीनले कोरोनाभाइरसको बारेमा तमामा सामाजिक संजालका पोस्ट मेटाएको थियो ।
रिपोर्टका अनुसार चीनले डिसेम्बरमै कोरोनाभाइरस मानिसबाट मानिसमा फैलिने प्रमाण भेटिइसक्दा पनि २० जनवरीसम्म पूरै विश्वलाई यसको जानकारी दिएन । रिपोर्टमा वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा भाइरस विकसित गरिएको र यहीँ चमेरासँग सम्बन्धित रोगहरुको जोखिमपूर्ण रिसर्च गरिएको दावी पनि गरिएको छ । यद्यपि यही ल्याबबाट कोरोनाभाइरस लिक भएको कुनै प्रमाण नभएको पनि बताइएको छ ।
१५ पेजको डेजियरमा चीनमाथि प्रमाण मेटाएको र जानकारी लुकाएको भन्दै आलोचना गरिएको छ । यसलाई अन्तर्राष्ट्रिय पारदर्शीतामाथि आक्रमण भनिएको छ । चीनले यो रिपोर्टलाई लिएर कडा चेतावनी जारी गरेको छ । चीनले यस किसिमको जाँचले चीनलाई नकारात्मक कारवाही गर्न बाध्य पार्ने चेतावनी दिएको छ । यसअघि अस्ट्रेलियाका लागि चीनका राजदूत चेंग जिंगयेले चिनियाँ नागरिकले अस्ट्रेलियालाई बहिष्कार गर्न सक्न्े चेतावनी दिएका थिए । अस्ट्रेलियाका विदेश मन्त्री मरिस पायनेले चीनको चेतावनीप्रति कडा प्रतिक्रिया दिएका छन् । उनले चीनमाथि आफ्नो देशमा आर्थिक आक्रमण गर्ने कोसिस गरेको आरोप लगाए ।
Facebook Comment