स्वीडेनमा कोरोना भाइरसबाट एक नेपालीको मृत्यु
काठमाडौँ । युरोपियन मुलक स्वीडेनमा पनि कोरोना भाइरस (कोभिड–१९) ले एक नेपालीको ज्यान लिएको छ ।
बुधवार स्वीडेनको राजधानी स्टकहोल्ममा बस्दै आएका एक ४० वर्षीय नेपाली पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्युु भएको श्रोतले डिसी नेपाललाई बतायो ।
श्रोतका अनुसार मृत्यु भएका ती नेपालीमा कुनै पनि दिर्घरोग थिएन । कोरोना संक्रमण देखिएका उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । परिवारले भने उनको मृत्युबारे सार्वजनिक गर्न चाहेका छैनन् ।
स्वीडेनमा अन्य केही नेपाली पनि संक्रमित भएको अपुष्ट खबरहरु बाहिर आएका छन् । यद्यपि आधिकारिक पुष्टि भने हुनसकेको छैन् ।
करिब १५ सय नेपालीहरु रहेको स्वीडेनमा हालसम्म २४ हजार ७० जनामा कोरोनाको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ हजार ९ सय ६८ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ८ सय ७६ जना उपचारपछि निको भएका छन् ।
Facebook Comment