कतारमा थप ९ सय १८ जनामा कोरोनाको संक्रमण
काठमाडौँ । कतारमा बिहीबार थप ९ सय १८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
योसँगै कतारमा कोरोना संक्रमितको संख्या १८ हजार ८ सय ९० पुगेको छ । संक्रमितमध्ये १२ जनाको ज्यान गएको छ भने २ हजार २ सय ८६ जना उपचारपछि निको भएका छन् ।
कतारमा केही नेपाली पनि संक्रमित भएका छन् । तर, त्यहाँको सरकारले संक्रमितको राष्ट्रियता नखुलाएकोले यकिन तथ्याङक छैन । बिहीबार मात्रै २ सय १६ जना संक्रमित निको भएर फर्केका हुन् ।
प्रतिक्रिया
Facebook Comment