अमेरिकी राष्ट्रपति ट्रम्पका निजी सहायक कोरोना संक्रमित
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोनाभाइरस संक्रमण भएको आशंकामा उनको कोरोना परीक्ष्ण गरिएको छ । राष्ट्रपतिसँगै उपराष्ट्रपति माइक पेन्सेको पनि परीक्षण गरिएको छ । यद्यपि दुवैको रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रपतिका एक निजी सहायक पोजेटिभ पाइएपछि राष्ट्रपति र उपराष्ट्रपतिको परीक्षण गरिएको हो ।
अमेरिकी नौसेनामा कार्यरत राष्ट्रपतिका एक सहायक पोजेटिभ पाइएका थिए । निजी सहायक (वेलेट्स) अमेरिकी नौसेनाको एक कुलीन सैन्य इकाइका सदस्य हुन्छन् जो ह्वाइट हाउसप्रति समर्पित हुन्छन् र राष्ट्रपति र फर्स्ट फ्यामिलीको निकै नजिक हुन्छन् । वेलेट्सहरु धेरै किसिमका व्यक्तिगत काममा राष्ट्रपतिको साथमा हुन्छन् । ंक्रमित वेलेटमा बुधबार मात्र लक्षण देखिएको बताइएको छ ।
प्रतिक्रिया
Facebook Comment